‘बी’ डिभिजन लिगः बाँसबारीकाे विजयी शुरूआत

काठमाडौं। वैकल्पिक खेलाडी सुलेमान थापामगरको गोलमा बाँसबारी क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी शुरूआत गरेको छ। बाँसबारीले श्री भगवती क्लबलाई १-० हराएको हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न दोस्रो खेलमा सुलेमानले मैदान छिरेको दुई मिनेट नबित्दै बाँसबारीलाई अग्रता दिएका थिए। सुलेमान ६१औं मिनेटमा अनिल गुरुङको स्थानमा मैदान छिरेका थिए।

जितसँगै बाँसबारीले तीन अंक पक्का गरेको छ।

तीन अंक जोडेको बाँसबारी दोस्रो स्थानमा छ। ब्वाइज युनियनसँग समान तीन अंक भए पनि गोलअन्तरमा बाँसबारी दोस्रो स्थानमा रहेको हो। आजै सम्पन्न पहिलो खेलमा ब्जाइज युनियनले श्रीकुमारी क्लबलाई २-० ले पराजित गरेको थियो।

‘बी’ डिभिजन लिगमा भाेलि, १२ फागुनमा टुसाल क्लबले पुल्चोक स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने खुमलटार युथ क्लबले मध्यपुर युथ एशाेसिएसनविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्