काठमाडौं। निर्वाचनको मिति घोषणापछि गाउँमा चुनावी चहलपहल शुरू हुन्छ। चुनावी नतिजा आफ्नो पक्षमा पार्न एकतावस्ती मुख्य मुद्दा बन्छ। ९ फागुनबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ यही विषयमा केन्द्रित छ।

एकतावस्ती सुकुम्वासी वस्ती हो। यही वस्तीमाथि डोजर चलाउन खोज्ने र रोक्न खोज्नेले चुनावी अजेण्डा बनाउँदा श्रीमान–श्रीमती नै सम्बन्धविच्छेदको अवस्थामा पुग्छन्।

एकतावस्ती आफ्नो पुर्खाको सम्पत्ति दाबी गर्नेले हजुरबाले नुन छर्किएर आफ्नो बनाएको बताउँछन्। जसले भोग चलन गर्दै आएका छन्, उनीहरू भने आफ्नो पुर्खाले नुन होइन, सुन छर्किएर वस्ती बसालेको दाबी गर्छन्।

चुनावी माहोल तातिरहेका बेला श्रीमान-श्रीमती नै अलग-अलग पार्टीको समर्थक हुन्छन्। चलचित्रका प्रमुख पात्र ध्रुबराम सत्याल (सीताराम कट्टेल) पार्टीप्रति बफादार भएर लागेका हुन्छन्। उनकी श्रीमती जुनेली (कुञ्जना घिमिरे) शुरूमा त ध्रुबरामकै पार्टीलाई सहयोग गर्छिन्। तर, जुनेलीका बुबा (राजाराम पौडेल) विपक्षी पार्टीबाट उम्मेद्‍वार बनेपछि घर झगडाले राजनीतिक रूप लिन्छ।

सशस्त्र द्वन्द्वमा मारिएका पिताले जसरी निष्ठाको राजनीति गरे, त्यसको पदचाप पछ्याउँदै अघि बढिरहेका हुन्छन्, ध्रुबराम। उनको अडान हुन्छ- ‘आफ्नो सिद्धान्त र दललाई ज्यान गए पनि छाडिन्न।’

उनको यो अडान जुनेलीको कठोर शर्तपछि फितलो बन्छ। जुनेली भन्छिन्- ‘कि पार्टी छाड, कि मलाई ?’

जुनेलीको यो कठोर सर्तपछि ध्रुबराम संकटमा पर्छन्।

जति–जति चुनावी मात चढ्दै जान्छ, ध्रुबराम र जुनेलीको भावनात्मक दूरी बढ्दै जान्छ। यो छटपटी ध्रुबराम र जुनेलीको ओछ्यानसम्म पुग्छ। उनीहरू अलग्गै सुत्न थाल्छन्।

जति गर्दा पनि ध्रुबरामले पार्टी छोड्न नचाहेपछि जुनेली घरै छोडेर माइतमा गएर बस्छिन्। बाबुको चुनावी यात्रामा प्रचारप्रसार गर्दै अघि बढ्छिन्।

एकातिर उनी पारिवारिक बन्धनमा बाँधिन्छन् भने अर्कोतिर राजनीतिक चक्रब्यूहमा फस्दै जान्छन्।

त्यही मोडमा ध्रुबराम ‘सर्प पनि मरोस्, लट्ठी पनि नभाँचियोस्’ को खेल खेल्छन्। खेलको नतिजा उनकै पक्षमा आउँछ। तर, उनी राजनीतिक षड्यन्त्रमा नराम्ररी फस्छन्।

‘न रह्यो बाँस, न बज्यो बाँसुरी’ भने जस्तै ध्रुबरामको दाम्पत्य जीवन उजाडिनुका साथै राजनीतिक निष्ठा, अडान र त्यागसमेत माटोमा मिल्छ। घरबार बेचेर चुनावमा उत्रिएका ससुरा र श्रीमती सुकुम्वासी वस्तीमा आश्रय लिन पुग्छन्।

घर न घाटको अवस्थामा पुगेपछि ध्रुबराम अर्को रणनीतिका साथ अघि बढ्छन्। पार्टीबाट पाएको राजनीतिक धोका र परिवार नै उजाडिएको अवस्थामा उनी सहज अवतरणको खोजीमा हुन्छन्।

त्यसको लागि उनी एकतावस्तीलाई नै आफ्नो मुद्दा बनाउँछन्। चलचित्र ‘सेन्टी भाइरस’को कथा यही हो।

राजनीतिको चित्रण

चलचित्रले नेपाली राजनीतिको यथार्थ चित्रण गरेको छ। स्वार्थका अगाडि निःस्वार्थ भावले राजनीतिमा लागेकाहरू कसरी डुब्छन् भन्ने कुरालाई मिहीनसँग देखाउन खोजिएको छ।

चलचित्रका मुख्य पात्रहरू धुर्मुस-सुन्तली आफ्नो कलाकारिता क्षेत्रलाई विश्राम लगाउँदै सामाजिक कार्यमा केन्द्रित थिए। यही चलचित्रमार्फत् दर्शकले ठूलो पर्दामा दुवै जनालाई एकसाथ देख्न पाएका छन्।

कमेडी जनराको चलचित्र भए पनि दर्शकलाई भरपूर हँसाउन सकेको छैन। समग्र कथा सुकुम्वासी वस्तीको छ। जसले गर्दा पनि दर्शकले फरक स्वाद पाउन सकेका छैनन्।

चलचित्रको पहिलो भागले दर्शकलाई न राम्रोसँग हँसाउन सकेको छ, न राम्रो सन्देश दिन। दोस्रो भागले भने दर्शकलाई केही राहत दिन्छ।

ध्रुबराम र जुनेलीबाहेक दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतको भूमिका सामान्य छ।

दर्शकको आकर्षण किन ?

चलचित्र सन्तोषजक भए पनि दर्शकको क्रेज बढ्दो छ। निर्माण पक्षले सार्वजनिक गरेको दुई वर्षको आम्दानी हेर्दा राम्रो व्यापार गरेको छ। दुई दिनमा दुई करोड ४७ लाखको व्यापार गर्दा चलचित्र कसरी चल्यो भन्ने प्रश्न उठ्न सक्छ।

यसको सहज जवाफ खोज्ने हो भने चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हो। सेन्टी भाइरसको नाफाको ५० प्रतिशत रंगशाला निर्माणका लागि सहयोग गरिने घोषणा गरिएको छ। जसले गर्दा पनि दर्शकको बढी भीड लागेको अनुमान गरिएको छ।

" /> काठमाडौं। निर्वाचनको मिति घोषणापछि गाउँमा चुनावी चहलपहल शुरू हुन्छ। चुनावी नतिजा आफ्नो पक्षमा पार्न एकतावस्ती मुख्य मुद्दा बन्छ। ९ फागुनबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ यही विषयमा केन्द्रित छ।

"> सेन्टी भाइरसः सुकुम्वासी वस्तीको कुरूप ‘राजनीति’: Dekhapadhi
सेन्टी भाइरसः सुकुम्वासी वस्तीको कुरूप ‘राजनीति’

प्रतिक्रिया दिनुहोस्