काठमाडौं। बालुवाटारस्थित ललिता निवास प्रकरण प्रतिवादीलाई अदालतमा उपस्थित हुन विशेष अदालतले म्याद जारी गर्न शुरू गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका १७५ जना विरुद्ध उपस्थित हुन अदालतले म्याद जारी गर्ने काम अघि बढाएको हो।
विशेष अदालतका अनुसार आजसम्म ५४ जना प्रतिवादीलाई १५ दिन भित्र अदालतमा उपस्थित हुन म्याद जारी गरिसकिएको छ।
“हामीले प्रतिवादी १७५ जनालाई नै म्याद जारी गर्ने काम शुरू गरिसकेका छौं”, विशेष अदालतका सूचना अधिकारी, उपरजिष्ट्रार इन्द्रकुमार खड्काले भने।
अख्तियारले कैद तथा जरिवाना सजायका माग दाबी गरेर मुद्दा दायर गरेका र जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएकाहरूविरुद्ध म्याद जारी भइरहेको हो।
अख्तियारले ११० जना प्रतिवादीलाई कैद सजाय र विगो माग दाबी गरेको छ। त्यस्तै ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि मुद्दा दायर गरेको छ।
उपस्थित हुन म्याद जारी गरिएकामा मालपोत कार्यालय काठमाडौंका तत्कालीन मालपोत अधिकृत कलाधर देउजा, तत्कालीन भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक मुकुन्दप्रसाद आचार्य, डिल्लीबजार काठमाडौंका तत्कालीन मालपोत अधिकृत सुरेन्द्रमान कपानी, मालपोत विभागका तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम, कागेश्वरी मनहरा नगरपालिका–३ बस्ने जगतप्रसाद पुडासैनी छन्।
त्यस्तै, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठ, तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक रुद्रकुमार श्रेष्ठ, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन शाखा अधिकृत इन्द्रप्रसाद ढुंगाना, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरे, तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका नायब सुब्बा टीकाबहादुर बीसी, मालपोत कार्यालय काठमाडौंका तत्कालीन खरिदार जिवनाथ पोखरेल, समरजङ्ग कम्पनीका तत्कालीन कार्यालय प्रमुख अर्जुनप्रसाद भण्डारी, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी अधिकृत मोहम्मद साविर हुसैन छन्।
यसैगरी, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायव सुब्बा श्रीहरी पुडासैनी, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार श्यामकुमार क्षेत्री, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कार्यालय प्रमुख हरिकृष्ण तिमिल्सिना, लमजुङको मध्यनेपाल नगरपालिका बस्ने परशुराम पोखरेल, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन शाखा अधिकृत कृष्णप्रसाद पौडेल, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायव सुब्बा प्रकाशनारायण भट्ट, तत्कालीन नायव सुब्बा टंकनाथ पौडेल, मालपोत कार्यालय डिल्लीबजारकै तत्कालीन प्रमुख मालपोत अधिकृत प्रेमबहादुर खापुङ, तत्कालीन खरिदार अर्जुनकुमार खतिवडा, तत्कालीन भूमिसुधार अधिकारी शंकरप्रसाद सुवेदीका नाममा पनि म्याद जारी भएको छ।
“बाँकी रहेका प्रतिवादीहरूको नाममा पनि म्याद जारी हुँदै जान्छ”, विशेष अदालतका सूचना अधिकारी, उपरजिष्ट्रार इन्द्रकुमार खड्काले भने।
विशेष अदालतका अनुसार भूमिसुधार कार्यालय काठमाडौंका तत्कालीन नायव सुब्बा अंगुरकुमार सिग्देल, भूमिसुधार कार्यालय काठमाडौंका तत्कालीन नायव सुब्बा केदारप्रसाद श्रेष्ठ, तत्कालीन नापी अधिकृत कमल घिमिरे, तत्कालीन सर्वेक्षक देवबहादुर लामिछाने, तत्कालीन अमिन भरतचन्द्र अर्याल, तत्कालीन नापी अधिकृत जनकबहादुर भण्डारी, तत्कालीन मालपोत अधिकृत हुपेन्द्रमणी केसी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सहसचिव जीतबहादुर थापा, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठ, भवन निर्माण सम्भार डिभिजन कार्यालय अनामनगरका तत्कालीन ईञ्जीनियर राजेन्द्रमान श्रेष्ठ, काठमाडौं महानगरपालिका–२ गैरीधारा बस्ने कल्पना तुलाधर, कालिमाटी बस्ने शर्मिला शाक्य बज्राचार्य र प्रगती कंसाकारका नाममा पनि म्याद जारी भएको छ।
गैरआवासीय नेपाली संघका तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत राजेश शम्शेर राणा, कामना गुरूङ, कल्याण गुरूङ, सज्जनकुमार चाचन, देवान्शी गोयल, सरस्वती घले गुरूङ, सरला गुरूङ, मनोज कुमार केडिया, मनोजकुमार गौतम, मन्ती गोर्खाली, निर्मलादेवी गोयल, निकिता तुलाधर, अमिताम्भ तुलाधर, उमा प्रसाईँ, युरिशोभा तुलाधर, रेणुका बज्राचार्य र सुविस्ता तुलाधर रहेका छन्।
“बाँकी रहेका प्रतिवादीहरूको नाममा पनि म्याद जारी हुँदै जान्छ”, सूचना अधिकारी खड्काले भने।
अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितका १७५ जनाविरुद्ध २२ माघमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।