काठमाडौं। विमल घर्तिमगरले शुरूमै गरेको गोलमा मछिन्द्रले थ्री स्टारलाई १–० ले हराउँदै सताक्षी गोल्डकप तेस्रो संस्करणको उपाधि जितेको छ।
झापाको झिलेमिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको मैदानमा मछिन्द्रले दोस्रो मिनेटमै लिएको अग्रता उपाधि जिताउन पर्याप्त भयो।
थ्री स्टारका रक्षक अशोक खवासले सामिडे एडेलेजालाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि मछिन्द्रले पेनाल्टी अवसर पाएको थियो। जसलाई विमल घर्तिमगरले कुनै गल्ति नगरी गोलमा परिणत गरे।
एक साताअघि मात्र शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको मछिन्द्रले मोफसलमा पहिलो उपाधि उचालेको छ। मछिन्द्र लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि उचालेको थियो। यस प्रतियोगितामा पनि मछिन्द्रले त्रिभुवन आर्मीलाई सेमिफाइनलमा २-० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।
थ्री स्टारले भने स्पोर्टिङ क्लबलाई ३–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। लिगमा मछिन्द्रले थ्री स्टारलाई २-० ले पराजित गरेको थियो।
जितसँगै मछिन्द्र फुटबल क्लबले ६ लाख रूपैयाँ पुरस्कार जितेको छ। उपविजेता थ्री स्टारले तीन लाख पैयाँ पुरस्कार जितेको छ।
थ्री स्टारका कप्तान विक्रम लामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले ५० हजार रूपैयाँ पुरस्कार जिते।
थ्री स्टारकै संजोग राई धेरै गोल गर्ने खेलाडी बने। प्रतियोगिताभर दुई गोल गरेका संजोगले २५ हजार रूपैयाँ नगद पाए।
मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर, पिटर सेगुन उत्कृष्ट रक्षक, थ्री स्टारका रूपेश केसी उत्कृष्ट मिडफिल्ड घोषित हुँदा मछिन्द्रका रेजिन सुब्बा उत्कृष्ट फरवार्ड तथा प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षक घोषित भए।
उत्कृष्ट सबैले जनही २० हजार रूपैयाँ पाए। आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राई उदीयमा खेलाडी घोषित भए। उनले २० हजार रूपैयाँ पुरस्कार जिते।
" /> काठमाडौं। विमल घर्तिमगरले शुरूमै गरेको गोलमा मछिन्द्रले थ्री स्टारलाई १–० ले हराउँदै सताक्षी गोल्डकप तेस्रो संस्करणको उपाधि जितेको छ।झापाको झिलेमिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको मैदानमा मछिन्द्रले दोस्रो मिनेटमै लिएको अग्रता उपाधि जिताउन पर्याप्त भयो।

">