‘बी’ डिभिजन लिगः ब्वाइज युनियनद्वारा श्रीकुमारी २-० ले पराजित <p>काठमाडौं। प्रदीप बोगटी र वर्तमान राईको गोलमा ब्वाइज युनियन क्लबले आज श्रीकुमारी क्लबविरुद्ध २-० को नतिजा निकाल्दै शहीद स्मारक &lsquo;बी&rsquo; डिभिजन लिगमा विजयी शुरूआत गरेको छ।</p> <p>सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न उद्घाटन खेलमा ब्वाइज युनियनले ३९औं मिनेटमा अग्रता लिएको थियो। ब्वाइज युनियनलाई वर्तमानले अग्रता दिएका थिए। ७६औं मिनेटमा प्रदीपले अर्को गोल थप्दै ब्वाइज युनियनको जित पक्का गरे।</p> <p>जितसँगै ब्वाइज युनियनले ३ अंक जोडेको छ। ब्वाइज युनियनका अरुण लिम्बु म्यान अफ दी म्याच घोषित भए।</p> <p>श्रीकुमारी क्लब दुई वर्षअघि &lsquo;ए&rsquo; डिभिजन लिगको नजिक थियो। तर, क्लबका खेलाडी र अफिसियलले मैदानमै रेफ्रीलाई हातपात गरेपछि एन्फाले श्रीकुमारीलाई कारबाही गरेको थियो। त्यससँगै श्रीकुमारीले &lsquo;ए&rsquo; डिभिजनमा उक्लने राम्रो मौका गुमायो।</p>
प्रतिक्रिया दिनुहोस्