‘सिप्यान क्रिकेट अवार्ड’ २१ चैतमा

काठमाडाैं। क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गर्ने ‘सिप्यान क्रिकेट अवार्ड’ चैत तेस्रो साता आयोजना हुने भएको छ।

२१ चैतमा हुने अवार्ड कार्यक्रममा पाँच विधामा खेलाडीलाई सम्मानित गरिनेछ। पाँच विधामा वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड छ।

वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले एक लाख ३२ हजार रूपैयाँ पाउनेछन्। अन्य चार विधाका विजेताले भने समान ६६ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

खेलाडी छनोटका प्राविधिक समिति गठन गर्ने सिप्यानले जनाएको छ। उक्त प्रविधिक समितिले सिफारिस गरेको खेलाडीलाई अवार्ड प्रदान गर्ने सिप्यानले जनाएको छ।

लाइफटाइम अचिभ्मेन्ट अवार्ड नेपाली क्रिकेटको पुरानो पुस्तालाई प्रतिनिधित्व गर्ने खेलाडीलाई प्रदान गरिनेछ। वर्षको उत्कृष्ट क्षण भने अनलाइन भोटिङबाट प्राप्त मतको आधरमा तय हुने सिप्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्