टर्कीमा ५.७ म्याग्‍निच्युडको भूकम्प, सातजनाको मृत्यु
टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएका मध्ये तीनजना बालबालिका छन्।
भूकम्पका कारण अरू पाँचजना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि उनले बताए। उनले भूकम्पपछि भत्किएका भौतिक संरचनामा अरू केही व्यक्ति पुरिएको हुन सक्ने आशंका गरिएको पनि जानकारी दिए।
पुरिएकाको खोजीकार्य भइरहेको उनकाे भनाइ छ।
छिमेकी मुलुक इरानसँग सिमाना जोडिएको टर्कीको पूर्वीक्षेत्रमा पर्ने सराएलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्नीच्युडको भूकम्प गएको हो। अमेरिकी भौगर्भिक सर्भेले आज बिहान भूकम्प गएको जनाएको छ। उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो। रासस-एएफपी
प्रतिक्रिया दिनुहोस्