काठमाडौं। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी विवाहको तयारीमा छन्। १५ फागुनमा उनीहरूले लगनगाँठो कस्दैछन्। त्यसको पूर्वसन्ध्यामा उनीहरू घर किन्ने, साथीभाइसँग रमाइलो गर्ने जस्ता काममा व्यस्त छन्।
केही समयअघि प्रियंकाले थाइल्याण्ड पुगेर साथीहरूलाई ब्याचलर पार्टी दिइन्। आफ्ना निकट साथीलाई लिएर वान वनाया भिलामा तस्वीर खिचाइन्। जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भए।
यता आयुष्मान पनि साथीभाइसँग रमाइरहेका छन्। उनी आफ्ना साथीहरू लिएर पोखराको वाटर फ्रन्ट रिसोर्टमा पुगे।

पोखराबाट उनले यसअघि प्रियंका र उनका साथीहरूले जस्तो तस्वीर खिचाएका थिए, त्यस्तै फोटो खिचाए। प्रियंकाको कपीक्याट गर्दै तस्वीर खिचाएपछि आयुष्मान सोसल मिडियामा भाइरल बनेका छन्।
मिति पक्का भएसँगै विवाहपछि छुट्टै बस्नको लागि प्रियंका र आयुष्मानले भैसेपाटीमा घरसमेत किनिसकेका छन्। अहिले उनीहरू नयाँ घरको सजावटमा व्यस्त छन्।
प्रियंका र आयुष्मानको ‘इन्गेजमेन्ट’ भएको करीब दुई वर्षपछि उनीहरू विवाह बन्धनमा बाँधिन लागेका हुन्।
आयुष्मानले पोस्ट गरेका तस्वीरमा मिश्रित प्रतिक्रिया आइरहेको छ। इन्स्टाग्राममा आयुष्मानको तस्वीरमा कमेन्ट गर्दै तिया लेख्छन्, ‘बाँच्नु मात्र पर्छ के-के देख्न पाइन्छ....।’
केहीले आयुष्मानको दायाँ खुट्टामा खोपिएको ट्याटुको प्रशंसा गरेका छन्। साहाना बज्राचार्य लेख्छिन्, ‘अब बिकिनी लगाएर खिचेको तस्वीरको प्रतीक्षा।’

" /> काठमाडौं। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी विवाहको तयारीमा छन्। १५ फागुनमा उनीहरूले लगनगाँठो कस्दैछन्। त्यसको पूर्वसन्ध्यामा उनीहरू घर किन्ने, साथीभाइसँग रमाइलो गर्ने जस्ता काममा व्यस्त छन्।

">