काठमाडौं। आगामी जेठमा हुने काठमाडाैंमा हुने अन्तर्राष्ट्रिय मर्यादित महीनावारी कार्यशाला गोष्ठीमा २० देशका प्रतिनिधि आउने भएका छन्।
‘महीनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने नाराका साथ १३-१५ जेठमा पहिलोपटक कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको हो।
गोष्ठीमा २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधि, नीति निर्माताहरूलगायतको सहभागिता रहनेछ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानव अधिकार आयोगको संयुक्त आयोजना र दक्षिण गोलार्द्धबीच मर्यादित महीनावारी सञ्जालको सह-आयोजनामा गोष्ठी हुन लागेको हो।
महीनावारीका सम्बन्धमा समाजमा व्याप्त अन्धविश्वासलाई हटाउन उक्त कार्यशालाको मुख्य उद्देश्य रहेको दक्षिण गोलार्द्धबीच मर्यादित महीनावारी सञ्जालकी अभियानकर्मी राधा पौडेलले जानकारी दिइन्।
गोष्ठीमा भान्सादेखि संसद्सम्म महीनावारी निषेधको अन्त्य, यौनिक र प्रजनन स्वास्थ्य अधिकार, आवाज, छनोट र एजेन्सी, पहिलो महीनावारीदेखि महीनावारी रोकिनेसम्मका लाज र विभेद्, युवाहरूको भूमिका, धर्म, व्यवसाय, खानेपानी, सरसफाइ, नीति र जवाफदेहिता, बहिस्करणमा परेका/पारिएकाहरूको अवस्था र अधिकार, अनुसन्धान, अनुदान र कार्यान्वयको अवस्थामा प्यानल, छलफल, प्रस्तुति लगायतका कार्यक्रम हुनेछन्।
मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पार्वत गुरुङले सारभूत लैंगिक समानता प्राप्तिको लागि महीनावारीलाई मानव अधिकारको आँखाले हेर्नुपर्नेमा जोड दिए। मर्यादित महीनावारी अभियान महीनावारीसँग जोडिएका छाउपडीलगायतका नकारात्मक अभ्यासहरू उन्मूलन गर्न महत्त्वपूर्ण रहेको बताए। महिलामाथि घर, शैक्षिक संस्था, कार्यस्थललगायत सबै ठाउँमा हुने शारीरिक, सामाजिक, राजनीतिक, आर्थिक, मनोवैज्ञानिक हिंसाहरूको मूलकारण महीनावारी भएको उनको भनाइ थियो।
" /> काठमाडौं। आगामी जेठमा हुने काठमाडाैंमा हुने अन्तर्राष्ट्रिय मर्यादित महीनावारी कार्यशाला गोष्ठीमा २० देशका प्रतिनिधि आउने भएका छन्।‘महीनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने नाराका साथ १३-१५ जेठमा पहिलोपटक कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको हो।

">