काठमाडौं। तल्लोक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि न्यूजिल्याण्डले पहिलो टेष्टको तेस्रो दिन सकिँदा पनि भारतमाथि दबाब कायमै राखेको छ।
तेस्रो दिन सकिँदा भारत ३९ रनले पछि छ। ट्रन्ट बोल्टले तीन तथा टीम साउथीले एक विकेट लिएपछि भारतले दोस्रो इनिङमा १४४ रन जोड्दा चार विकेट गुमाइसकेको छ। तेस्रो दिनको समाप्तीमा अजिन्क्या रहाने २५ तथा हनुमा बिहारी १५ रन बनाएर क्रिजमा छन्।
भारतका मयांक अग्रवालले ५८ रन बनाए भने ओपनर पृथ्वी शाले १४, चेतेश्वर पुजरा ११ र कप्तान कोहलीले १९ रन मात्र बनाए।
न्यूजिल्याण्डले २१६–५ को स्थितिबाट तेस्रो दिन थालेका थिए। तेस्रो दिन शुरू गर्दा विजे वाटलिङ १४ र कोलिन डी ग्राण्डहोम ४ रनको स्थितिमा थिए। वाट्लिङले थप रन जोड्न सकेनन्। उनी जसप्रित बुमराहको बलमा विकेटकिपर रिशब पन्तमार्फत क्याच भए।

डी ग्राण्डहोमले ४३ रन बनाए। साउथीले ६ रन बनाए। डेब्यू गरेका केल जामिसनले ४४ रन बनाए भने बोल्टले ३८ रन जोडे।
न्यूजिल्याण्डले पहिलो इनिङमा सबै विकेट गुमाएर ३४८ रन बनाउँदै पहिलो इनिङमा १८३ रनको अग्रता लियो। भारतले पहिलो इनिङमा १६५ रन बनाएको थियो।
" /> काठमाडौं। तल्लोक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि न्यूजिल्याण्डले पहिलो टेष्टको तेस्रो दिन सकिँदा पनि भारतमाथि दबाब कायमै राखेको छ।तेस्रो दिन सकिँदा भारत ३९ रनले पछि छ। ट्रन्ट बोल्टले तीन तथा टीम साउथीले एक विकेट लिएपछि भारतले दोस्रो इनिङमा १४४ रन जोड्दा चार विकेट गुमाइसकेको छ। तेस्रो दिनको समाप्तीमा अजिन्क्या रहाने २५ तथा हनुमा बिहारी १५ रन बनाएर क्रिजमा छन्।

">