काठमाडौं। बार्सिलोनाले ‘जनवरी ट्रान्सफर विन्डो’मा अनुबन्ध गरेका मार्टिन ब्रेथवेटले लियोनल मेस्सीसँग अंगालो हालेपछि आफूले लगाएको कपडा नधोएको बताएका छन्।
ब्रेथवेटले इबरविरुद्ध मेस्सीले चार गोल गर्दा एकमा अवसरमा सिर्जना गरिदिएका थिए। इबरविरुद्धको खेलपछि प्रतिकृया दिँदै ब्रेथवेटले ठट्टा गर्दै भने, “लियोनल मेस्सीसँग अंगालो हाल्दा लगाएको लुगा मैले धोएको छैन।’’
लुइस स्वारेज र औसमाने डेम्बेले चोटका कारण लामो समय मैदान बाहिर हुने भएपछि बार्सिलोनाले यही जनवरी विन्डोको अन्तिम दिन ब्रेथवेटलाई लेगानेसबाट १ करोड ५० लाख पाउण्डमा अनुबन्ध गरेको थियो।
“मेस्सीले मलाई बधाई दिए। उनी महान व्यक्ति हुन्। मैदानमा पनि निरन्तर पास दिएर मलाई सहज बनाउने प्रयास गरिरहे,’’ २८ वर्षे फरवार्ड ब्रेथवेटले भने, “म धेरै खुशी छु कि मैले यहाँ पहिलो गोलको अवसर नै मेस्सीलाई सिर्जना गर्न पाएँ।’’

मेस्सीले पहिलो २६ मिनेटमा तीन गोल गरिसकेका थिए। ब्रेथवेट एन्टोइन ग्रिजमानको स्थानमा ७२औं मिनेटमा मैदानमा छिरेका थिए।
बार्सिलोनाका प्रशिक्षक क्वेक सेटीन ब्रेथवेटको प्रदर्शनबाट आश्चर्यमा परे।
“ब्रेथवेटले मैले सोचेभन्दा राम्रो प्रदर्शन गरे। धेरै राम्रो,’’ प्रशिक्षक सेटीनले भने, “हामीले सही व्यक्तिलाई अनुबन्ध गरेछौं भन्ने लागेको छ। हामीले के गर्न चाहेका छौं भन्ने उनले चाडो बुझे। उनी दुई गोलमा संलग्न भए। उनले खेललाई राम्रोसँग बुझे।’’
बार्सिलोनाले १३ फागुनमा च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा नापोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि १८ फागुनमा ला लिगमा रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्न बेर्नाबेउ जानेछ।
" /> काठमाडौं। बार्सिलोनाले ‘जनवरी ट्रान्सफर विन्डो’मा अनुबन्ध गरेका मार्टिन ब्रेथवेटले लियोनल मेस्सीसँग अंगालो हालेपछि आफूले लगाएको कपडा नधोएको बताएका छन्।ब्रेथवेटले इबरविरुद्ध मेस्सीले चार गोल गर्दा एकमा अवसरमा सिर्जना गरिदिएका थिए। इबरविरुद्धको खेलपछि प्रतिकृया दिँदै ब्रेथवेटले ठट्टा गर्दै भने, “लियोनल मेस्सीसँग अंगालो हाल्दा लगाएको लुगा मैले धोएको छैन।’’

">