काठमाडौं। रौतहटमा प्रहरीको भ्यान र ट्रक ठोकिँदा चारजना असईसहित छजना घाइते भएका छन्।
चपुरबाट बारातर्फ जाँदै गरेको ना १ झ १३३१ नम्बरको प्रहरी भ्यान र विपरित दिशाबाट आइरहेको ना. ६ ख ८६२५ नम्बरको ट्रक पूर्व-पश्चिम राजमार्गमा ठोकिएर दुर्घटना भएको रौतहट प्रहरीका डीएसपी नवीन कार्कीले देखापढीलाई जानकारी दिए।
आज बिहान भएको दुर्घटनामा असई मनोज सिंह र गोविन्द यादव गम्भीर घाइते छन्।
चन्द्रनिगाहपुर अस्पतालमा प्रारम्भिक उपचारपश्चात दुवैजनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै छ।
अर्का असई हृदयनारायण यादवको अनुहारमा चोट लागेको छ। अर्का असई विश्वनाथप्रसाद यादव र भ्यानका चालक सरोजकुमार यादव घाइते भएका छन्।
मानसिक सन्तुलन गुमाएकी एक महिला अचानक सडकमा निस्केपछि उनलाई जोगाउने क्रममा ट्रक र प्रहरी भ्यान ठोकिएर दुर्घटना भएको डीएसपी कार्कीले बताए।
दुर्घटनामा ती महिलालाई पनि चोट लागेको छ।
घाइते प्रहरीहरू र महिलाको चन्दनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ।
" /> काठमाडौं। रौतहटमा प्रहरीको भ्यान र ट्रक ठोकिँदा चारजना असईसहित छजना घाइते भएका छन्।चपुरबाट बारातर्फ जाँदै गरेको ना १ झ १३३१ नम्बरको प्रहरी भ्यान र विपरित दिशाबाट आइरहेको ना. ६ ख ८६२५ नम्बरको ट्रक पूर्व-पश्चिम राजमार्गमा ठोकिएर दुर्घटना भएको रौतहट प्रहरीका डीएसपी नवीन कार्कीले देखापढीलाई जानकारी दिए।

">