फार्ममा आगलागी हुँदा १० लाख बढीको कुखुरा र चल्ला मरे
<p>कंचनपुर। शुक्लाफाँटा नगरपालिका-४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख रूपैयाँबढीको कुखुरा र चल्ला जलेर मरेका छन्।</p>
<p>स्थानीय कृष्ण भण्डारीले संचालन गरेको सो फार्ममा १० फागुनमा विद्युत सर्ट भएर आगलागी भएको हो।</p>
<p>आगोमा जलेर बेच्न तयारी अवस्थाका चार हजार कुखुरा र तीन हजार चल्ला नष्ट भएका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
