इर्भिनको शतकले जिम्बाब्वेलाई राहत

काठमाडौं। कप्तान क्रायग इर्भिनले शतक बनाएपछि जिम्बाब्वेले बंगलादेशविरुद्धको पहिलो टेष्टमा मध्यम शुरूआत गरेको छ।

बंगलादेश भ्रमणमा रहेको जिम्बाब्वले पहिलो दिन सकिँदा ६ विकेट गुमाएर २२८ रन बनाएको छ। ढाकाको मिरपुरस्थित शेर बंगला नेशनल रंगशालामा इर्भिनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए।

जिम्बाब्वले ओपनर केभिन कुसुजालाई शुरूमै गुमाएको थियो। त्यसपछि प्रिन्स मासाबाउरे र इर्भिनले दोस्रो विकेटका लागि १११ रनको साझेदारी गर्दै भ्रमणकारी टोलीको इनिङ उकासे। मासाबाउरेले ९ चौकासहित ६४ रन जोडे।

इर्भिनले १३ चौकासहित १०७ रन जोडे। सिकन्दर राजाले १८ र ब्रेन्डन टेलरले १० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। डोनाल्ड ट्रिपानो शून्य तथा रेगिस चकबभा ९ बनाएर क्रिजमा छन्।

बंगलादेशका नायीम हसनले चार तथा अबु जायदले दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्