काठमाडौं। ओपनरद्वय अभिस्का फर्नान्डो र दिमुथ करुणारत्नेले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको दिन श्रीलंकाले वेष्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक विकेटको नतिजा निकालेको छ।
फर्नान्डो र करुणारत्नेले अर्धशतक बनाएपछि श्रीलंकाले २९० रनको लक्ष्य पाँच बलअघि ९ विकेट गुमाएर पूरा गरेको थियो। कोलोम्बोको सिंहालेज स्पोर्टस् क्लबको मैदानमा टस हारेर ब्याटिङ थालेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २८९ रन बनाएको थियो।
भ्रमणकारी वेष्ट इन्डिजका ओपनर शाई होपले शतक बनाए पनि टीमलाई जिताउन सकेनन्। होपले १४० बलमा १० चौका प्रहार गरेका थिए। होपबाहेक वेष्ट इन्डिजका रोष्टन चेजले ४१, डरेन ब्राभोले ३९ र किरण पोलार्डले ११ रन बनाए। कीमो पाउल ३२ र हाएडेन वाल्स २० रनमा अविजित रहे।
घरेलु टोलीका इसुरू उडानाले तीन विकेट लिँदा थिसरा परेरा र नुवान प्रदीपको नाममा एक/एक विकेट रह्यो।
त्यसपछि ब्याटिङ थालेको श्रीलंकाका करुणारत्नेले ५२, फर्नान्डोले ५०, कुशल परेराले ४२, कुशल मेन्डिसले २०, धनन्जय डी सिल्भाले १८, परेराले ३२ रन बनाउँदा विनिन्दु हसरंगा ४२ रनमा अविजित रहे।
वेष्ट इन्डिजका अल्जारी जोसेफले तीन विकेट लिए। वाल्स र पाउलले समान दुई विकेट लिए भने जसोन होल्डरको नाममा एक विकेट रह्यो।
श्रीलंका भ्रमणमा वेष्ट इन्डिजले तीन एकदिवसीय र दुई ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ।
" /> काठमाडौं। ओपनरद्वय अभिस्का फर्नान्डो र दिमुथ करुणारत्नेले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको दिन श्रीलंकाले वेष्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक विकेटको नतिजा निकालेको छ।फर्नान्डो र करुणारत्नेले अर्धशतक बनाएपछि श्रीलंकाले २९० रनको लक्ष्य पाँच बलअघि ९ विकेट गुमाएर पूरा गरेको थियो। कोलोम्बोको सिंहालेज स्पोर्टस् क्लबको मैदानमा टस हारेर ब्याटिङ थालेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २८९ रन बनाएको थियो।

">