कैलालीमा खैरो हेरोइनसहित दुईजना पक्राउ
<p>कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेमा धनगढी उपमहानरपालिका-४, बसपार्कस्थित अछाम होटलका सञ्चालक विजय साउद र धनगढी उपमहानगरपालिका-२ का सुनिल कुँवर रहेको प्रहरीले जनाएकाे छ।</p>
<p>उनीहरूबाट तीन ग्राम ४१० मिलिग्राम खैराे हेरोइन बरामद् गरेको प्रहरीले जनाएको छ।</p>
<p>पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
