यस्तै ‘कन्सर्ट’ महाशिवरात्रिको अवसरमा ९ फागुनमा पशुपति क्षेत्रमा पनि गरिएको थियो। त्यहाँ शिवरात्रिको अवसरमा विभिन्न स्थानबाट आएका ‘बाबाजी’ हरूले समेत गीत गएका थिए। ८ फागुनबाट शुरू भएको ‘कन्सर्ट’लाई आज ठमेलबाट बिट मारिएको हो।
कन्सर्ट आयोजना गर्ने ‘सेभेन स्ट्रीट’ नामक र्यापरहरूको समूहले नै ‘लिगलाइज नेपाल’ ह्यासट्याग अभियान थालेको। लागुपदार्थ दुव्र्यसनविरुद्धका अभियन्तासमेत रहेका राजीव काफ्लेका अनुसार विश्वभरि छरिएर रहेका नेपालीहरूले आ-आफ्नो ठाउँमा यस्ता कार्यक्रम गरिरहेका छन्।
सुजन पाण्डे (स्मोकी), चिरागसिंह खड्का, र्यापे दाजु (सुगम) र उर्गेन मोक्तान र्यापरका समूह छन्। यीमध्ये स्मोकी र चिरागसिंह गाँजामाथिको प्रतिबन्ध फुकुवाको समर्थनमा गीत गाउँछन्।
‘कन्सर्ट’मा र्यापरहरूलाई साथ दिन आइपुगेका थिए, वागमति प्रदेश सभा सांसद केशव स्थापित।
उनले आफू गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर गरीबी हटाउने नारासहित अभियानमा लागेको बताए। गाँजामाथिको प्रतिबन्ध समृद्धिको बाधक भएको बताउँदै अब देशव्यापी बहस चलाउन जरूरी रहेको उनले बताए।
उनले भने, “हामी कहिलेसम्म गरीबीमा बाँचिरहने ? गाँजामाथि प्रतिबन्ध फुकुवा हुँदा नेपाली लाभान्वित हुन्छन्, मुलुक समृद्ध हुन्छ।”
गाँजा फुकुवा गर्नुपर्ने आवाज उठाउँदा पागलको आरोप खेपेको भन्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर स्थापितले भने, “संसदमा गाँजालाई वैधानिकता दिनुपर्ने भन्दै ५० जना सांसदले समर्थन गरेका छन्, ५० जना बौलाहा थपिएका छन्। आउँदो २० फागुनमा विधेयक ल्याउन लागेका छौं, त्यसपछि पूरै देश बौलाउनेछ।”
गाँजाको दानासमेत औषधिको श्रोतको रूपमा प्रयोग गर्न सकिने यसका विज्ञहरू बताउँछन्।
कतिपयले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्दा लागुऔषध दुव्र्यसनीको संख्या बढ्न सक्ने चिन्ता पनि व्यक्त गर्दै आएका छन्। गाँजाको सेवन नै दुर्व्यसनको दलदलमा फस्नु अघिको प्रारम्भिक पाइला बन्नसक्ने उनीहरूको चासो रहेको छ।
तर, गाँजामाथिको कानूनी प्रतिबन्ध फुकुवा गर्नुपर्ने मागका अभियान्ताहरूले भने गाँजाको उत्पादन, व्यापार र सेवनलाई अन्य उपभोग्यवस्तु जस्तो सर्वसुलभ बनाउनुपर्ने माग नगरेको बताउँछन्।
तोकिएको ठाउँमा यसको खेती गर्ने र निर्यात गर्ने वा नेपालमै औषधि बनाउने प्रयोजनका लागि तोकिएका केन्द्रहरूमा उचित नियमनद्वारा यसको किनबेच हुने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
साथै थेरापी गराइरहेका क्यान्सर जस्तो दीर्घ रोगको बिरामीलाई दुखाई कम गर्न चिकित्सकको परामर्शमा सेवा गर्न छुट दिनसकिने पनि उनीहरूको भनाइ छ।
" />

">