दिदीबहिनी कपः पुलिसलाई हराउँदै एपीएफले उचाल्याे उपाधि
काठमाडौं। सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज अर्को विभागीय क्लब पुलिसलाई ३-१ को सेटमा हराउँदै दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
एपीएफ पहिलो सेटमा २५-१५ ले पराजित भए पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्न सफल भएको थियो। एपीएफले बाँकी सेटमा २५-१८, २५-११, २५-१२ को नतिजा निकालेको थियो।
एपीएफका प्रशिक्षक महेशप्रसाद चौधरीले डिफेन्स बिग्रिएका कारण पहिलो सेटमा गुमाउनु परेको बताए। उनले थपे, “तर पहिलो सेट हारे पनि खेलाडीले धैर्यता गुमाएनन्, जसकारण नतिजा निकाल्न सफल भयौं।”
पुलिस क्लबका प्रशिक्षक रूपेश बिष्टले पहिलो सेटपछि खेलाडीको तालमेल बिग्रँदा उपाधिबाट वञ्चित हुनु परेको बताए।
एपीएफले न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो भने पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३-० कै सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो।
आजै तेस्रो स्थानको लागि भएको खेलमा न्यू डायमण्डले त्रिभुवन आर्मीलाई ३-० को सोझो सेटमा हराएको थियो। न्यू डायमण्डले त्रिभुवन आर्मीविरुद्ध २५-२३, २५-२१, २५-२२ को सहज नतिजा निकालेको थियो।
एपीएफकी सरस्वती प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले १० हजार रूपैयाँ नगद पुरस्कार पाइन्।
विधागतरूपमा न्यू डायमण्डकी पनामिका राई उत्कृष्ट सर्भर र सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो घोषित भए। पुलिस क्लबकी कमला पुन उत्कृष्ट लिफ्टर र कोपिला राना उत्कृष्ट ब्लकर घोषित भइन्।
एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर घोषित भइन्। एपीएफकै महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए। विधागतमा उत्कृष्ट हुनेले पाँच हजार रूपैयाँ पुरस्कार पाए।
प्रतिक्रिया दिनुहोस्