सर्लाहीमा अवैधरूपमा भित्र्याइएकाे लत्ताकपडा बरामद्
<p>सर्लाही। सशस्त्र प्रहरी टाेलीले ब्रम्हपुरी गाउँपालिका-१ बाट चाेरीपैठारीकाे लत्ताकपडा बरामद् गरेकाे छ।</p>
<p>भारतबाट अवैधरूपमा ल्याउँदै गरेकाे दुई लाख ३० हजार रूपैयाँ बराबरकाे लत्ताकपडा बरामद् गरिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ।</p>
<p>सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेडक्वार्टर सर्लाहीबाट खटिएको सशस्त्र प्रहरी टोलीले बरामद् गरेकाे साे लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
