दार्चुलाः सुत्केरीको एअर एम्बुलेन्समार्फत् उद्धार
<p>दार्चुला। दार्चुलामा एक सुत्केरीको एअर एम्बुलेन्समार्फत् उद्धार गरिएको छ।</p>
<p>जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकी महाकाली नगरपालिका-१ की ३२ वर्षीया कौशिला धामीकाे उद्धार गरिएकाे हाे।</p>
<p>धामीले गर्भवती भएकाे ६ महीनामै बच्चालाई जन्म दिएकी हुन्। अत्यधिक रक्तश्राव भएपछि उपचारका लागि एअर एम्बुलेन्समार्फत् नेपालगन्ज लगिएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए।</p>
<p>सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत धामीकाे उद्धार गरेकाे हाे।</p>
प्रतिक्रिया दिनुहोस्
