काठमाडौं। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेलेर आईसीसी क्रिकेट विश्वकप लिग-२ को यात्रा शुरू गरेको छ। भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा पुग्ने खुड्किलो मानिएको त्रिदेशीय यो शृखला नेपालले मिश्रित नतिजासहित अन्त्य गर्‍यो। ओमानसँग दुवै खेलमा पराजय व्यहोरे पनि प्रतियोगिताअघि बलियो देखिएको अमेरिकाविरुद्ध नेपालले हासिल गरेको नतिजा भने सम्झनलायक छ।

अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जित विश्वभरका क्रिकेटप्रेमीको मनमा कायम रहनेछ।

अमेरिकाविरुद्ध नेपालले जति सुखद् नतिजा निकाल्यो, ओमानविरुद्धको नतिजा त्यति नै दुखद् रह्यो। अझ भनौं ओमानले नेपाली क्रिकेटलाई पाठ सिकाएर गयो। ओमानको क्रिकेट यात्रा नेपालभन्दा निकै पछि शुरू भएको हो। तर, कीर्तिपुर क्रिकेट मैदानमा ओमानको प्रदर्शन नेपालको भन्दा सबै हिसाबले परिपक्‍व देखियो।

कीर्तिपुरमा सम्पन्न त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाले नेपाली क्रिकेटका राम्रा र नराम्रा दुवै पाटा उजागर गरिदिएको छ। नतिजाका हिसाबमा नेपाल ५०-५० को स्थितिमा रह्यो। त्यसमा पनि अन्तिम खेलमा अमेरिकामाथि हासिल जित सम्झनलायक रह्यो। नेपालको त्यही जितले अगाडिका कमजोरीलाई छायाँमा पारिदियो। अनुभवी खेलाडीको प्रदर्शनमा प्रश्न उठिरहेका बेला युवा खेलाडीले भने आशा जगाएका छन्।

त्यसमध्ये कुशल मल्लले त यही शृंखलामा विश्व कीर्तिमान नै बनाए।

परम्परागतरूपमा स्पिन बलिङ नेपालको मुख्य हतियार हो, जुन यो शृंखलामा पनि कायमै रह्यो।

यही शृंखलामार्फत् नेपालको त्रिवि क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिने मैदानको मान्यता पायो। केही महीना अघि मात्र पुनर्स्थापित नेपाल क्रिकेट संघ (क्यान)ले  केही मात्रामा भए पनि आफ्नो साख फर्काउने प्रयास गर्‍यो। प्रतियोगिताको ‘ब्रोडकाष्ट राइट’ बेचिनुका साथै प्रायोजकको चासो देखिनु नेपाली क्रिकेटका लागि सुखद् पक्ष हो। तथापि ब्याटिङमा पुरानै समस्या देखियो भने कमजोर व्यवस्थापन जस्ता समस्यालाई नेपालले अझै पन्छाउन सकेन।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा सम्पन्न त्रिदेशीय शृंखलाका सकारात्मक र नकारात्मक दुवै पाटोबारे यहाँ चर्चा गरिएको छ।

त्रिवि क्रिकेट मैदानलाई ओडीआई मान्यता

त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदानले पहिलोपटक आधिकारिकरूपमा एसीसी ट्रफी आयोजना गरेको थियो। उक्त प्रतियोगिताबाट यस मैदानले ‘फष्ट क्लास’ क्रिकेट खेलाउने मान्यता पाएको थियो।

भारतीय टेलिभिजन जी टीभीले कीर्तिपुर रंगशालालाई पहिलोपटक क्रिकेट मैदानको स्वरूप दिएको थियो। अर्थात् त्यसअघि उक्त मैदानमा फुटबल पनि खेलिन्थ्यो। जी टीभीले रंगशालाको आकार दिएपछि त्यसमा केही पूर्वाधार थपिए पनि त्रिवि क्रिकेट मैदानमा तात्विक फरक भने आएको छैन। 

क्यानले अस्थायी रूपमै सही, न्यूनतम आवश्यकता पूरा गर्ने भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले त्रिवि मैदानलाई आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय शृंखला आयोजना गर्ने स्वीकृति दिएको हो। सन् २०१८ मा जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने राष्ट्रको मान्यता पाएको थियो। तर, नेपालले घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाएको थिएन। आईसीसीले मान्यता दिएसँगै त्रिवि क्रिकेट मैदान एकदिवसीय अन्तर्राष्ट्रिय आयोजना गर्ने २०९औं मैदान बनेको छ।

युवा खेलाडीको उत्कृष्ट प्रदर्शन

कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्कालगायत अनुभवी खेलाडीको प्रदर्शन निराशजनक रहे पनि युवा खेलाडीले यो शृंखलामा क्रिकेटप्रेमीको मन जिते। सुशन भारी, कुशल मल्ल, अविनाश बोहरा, कमलसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे।

कुशलले त सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाए। उनले १५ वर्ष ३४० दिनको उमेरमा अर्धशतक बनाए। कुशलले नेपालकै रोहितकुमार पौडेलले १६ वर्ष १४६ दिनको उमेरमा अर्धशतक बनाउँदै राखेको कीर्तिमान तोडेका हुन्। अमेरिकाविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका कुशलले दुई इनिङ्समा ७८ रन बनाए। ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका कुशलले बलिङतर्फ पनि दुई विकेट लिए।

कुशल मल्ल।

बायाँ हाते स्पिनर सुशन भारीको प्रदर्शनले सबैको मन जित्यो। सुशनले चार इनिङ्समा ११ विकेट लिए। उनले अमेरिकाविरुद्धको दोस्रो खेलमा तीन ओभर बलिङ गर्दै पाँच रन दिएर चार विकेट लिएका थिए। त्यसअघि ओमानविरुद्धको पहिलो खेलमा पनि सुशनले १० ओभरमा १४ रन दिएर तीन विकेट लिएका थिए। ओमानविरुद्ध विकेट नलिए पनि सन्दीप लामिछानेले अमेरिकाविरुद्ध भने राम्रो प्रदर्शन गरे। अन्तिम खेलमा ६ विकेट लिएका सन्दीपले पहिलो खेलमा दुई विकेट लिएका थिए।

५० प्रतिशत नतिजा

ओमानविरुद्ध नतिजा निकाल्न नसके पनि नेपालले अमेरिकाविरुद्धका दुवै खेलमा सहज निकाल्यो। कीर्तिपुरमा त्रिदेशीय शृंखला शुरू हुनुअघि अमेरिका शीर्ष स्थानमा थियो। अमेरिकाले आठ खेलबाट १२ अंक जोडेको थियो। ओमान दोस्रो स्थानमा थियो। ओमानले ६ खेलबाट ८ अंक जोडेको थियो। नेपाली भूमि सबभन्दा धेरै ओमानका लागि लाभदायक रह्यो। नेपालमा शतप्रतिशत नतिजा निकालेको ओमान शीर्ष स्थानमा उक्लियो।

नेपाल-ओमान खेल।

नेपालले चार खेलबाट चार अंक जोड्यो। सात देश सम्मिलित प्रतियोगितामा नेपाल छैटौं स्थानमा छ। नेपालभन्दा तल पपुवा न्युगिनी (पीएनजी) छ। पीएनजीले आठ खेलमा कुनै अंक जोड्न सकेको छैन। प्रतियोगितामा सहभागी सात राष्ट्रमध्ये नेपालले सबभन्दा कम चार खेल मात्र खेलेको छ।

पहिलो खेलमा ओमानसँग १८ रनले हारेको नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो। ओमानविरुद्धको दोस्रो खेल आठ विकेटले गुमाएको नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध कीर्तिमानी नतिजा निकाल्यो। टस हारेर ब्याटिङका लागि निम्त्याइएको अमेरिकाले १२ ओभरमा ३५ रन जोड्दा सबै विकेट गुमायो, जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबभन्दा सानो योगफलसँग बराबरी हो। सबभन्दा चाँडो इनिङ्स सकिएको खेल पनि यही हो।

नेपाल-अमेरिका खेल।

यसअघि श्रीलंकाले २५ अप्रिल २००४ मा हरारेमा सम्पन्न खेलमा जिम्बाब्वेलाई ३५ रनमा अलआउट गरेको थियो। उक्त खेलमा जिम्बाब्वेले १८ ओभर खेलेको थियो। ३५ रनको लक्ष्य नेपालले ५.२ ओभरमा पूरा गर्‍यो, जुन सबभन्दा चाँडो हो। श्रीलंकाले जिम्बाब्वेविरुद्ध ३६ रनको लक्ष्य पूरा गर्न ९.२ ओभर खर्चेको थियो।

ओमानविरुद्ध निरीह बने पनि नेपालले अमेरिकाविरुद्ध निकालेको नतिजाले ‘कालो बादलमा चाँदीको घेरा’ झैं देखाएको छ। 

बलिङको प्रभाव कायमै

सुशन भारी।

परम्परागतरूपमा नेपाली क्रिकेटको मुख्य हतियार स्पिन बलिङ हो। पुराना स्पिन बलरहरू टीमबाट हटिसकेका छन्।

यस शृंखलामा नेपालको स्पिन बलिङको नेतृत्व नै सन्दीप लामिछानेले गरेका थिए। उनलाई सुशन भारी, कुशल मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरीले साथ दिएका थिए। ओमानविरुद्धको दोस्रो खेलमा बाहेक अन्य खेलमा नेपाली बलरले विपक्षी टीमलाई दबाबमा राख्न सफल रहे। बायाँ हाते स्पिनर सुशनले ११, दायाँ हाते स्पिनर सन्दीपले आठ, तीव्र गतिका बलर करण केसीले पनि आठ विकेट लिए।   

नेपाली बलरले ओमानलाई पहिलो खेलमा १९७ रनमा रोकेका थिए। तर, ब्याटिङ नचल्दा नेपाल १८ रनले पराजित भयो। दोस्रो खेलमा १९० रनको लक्ष्य जोगाउने क्रममा नेपाली बलरले अमेरिकालाई १५५ रनमा समेटेका थिए। तेस्रो खेलमा भने नेपाली बलर प्रभावहीन बने। नेपालले २५० रनको लक्ष्य जोगाउन सकेन। नेपाली बलर फ्लप हुँदा ओमानले १६ बलअघि नै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

तर, अन्तिम खेलमा भने नेपाली बलरले फेरि कमाल गरे। नेपाली बलरसामु अमेरिकाका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन्। नेपालविरुद्ध अमेरिका ३५ रनमै समेटियो। त्यो पनि १२ ओभरमै। सन्दीपले ६ तथा सुशनले चार विकेट लिएपछि अमेरिकाका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न पाएनन्। अमेरिकाका एक ब्याट्सम्यानबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। त्यसकारण समग्रमा नेपाली बलिङ अझै पनि बलियो नै छ भन्ने यो शृंखलाले देखाएको छ।

प्रसारण अधिकार बिक्री र प्रायोजकको चासो

यसपटक नेपाल क्रिकेट संघ (क्यान)ले कान्तिपुर टेलिभिजनलाई त्रिदेशीय शृंखलाको प्रसारण अधिकार बेच्यो। सम्भवतः क्यानले ब्रोडकास्टिङ राइट बेचेको यो पहिलोपटक हो। तथापि क्यान निलम्बनमा हुँदा आईसीसीले विश्व क्रिकेट लिगमा भने ब्रोडकास्टिङ राइट बेचेको थियो। यसले लामो समयको खिचातानीपछि फुकुवा भएको क्यानलाई आर्थिक रूपमा राम्रै भरथेग हुने देखिन्छ।

निलम्बनमा परेपछि नयाँ विधानअनुसार सम्पन्न निर्वाचनबाट चतुरबहादुर चन्द नेतृत्वकै प्यानल ‘क्लिनस्विप’ गरेर क्यानको नेतृत्वमा आएको छ। चन्द नेतृत्वको पुरानो टीममाथि यसअघि आर्थिक हिनामिनाको आरोप लागेको थियो। त्यहीकारण हुन सक्छ, क्यानलाई अझै पनि आईसीसीले दिल खोलेर विश्वास गरिसकेको छैन।

तथापि यो शृंखलामा व्यावसायिक घरानाको चासो कायमै देखियो। क्यानले कोकाकोला, एनएमबी बैंक, भिजिट नेपाल २०२०, डाबर, रुस्लान, डिसहोमलगायतका प्रायोजकहरू जुटायो। घटेको साख फर्काउने प्रयास गरेको क्यानलाई क्रिकेटप्रति व्यावसायिक घरानाले देखाएको चासोले उत्साह दिएको छ।

ब्याटिङ समस्या अझै उस्तै

यो शृंखलामा सकारात्मक जस्तै कतिपय नकारात्मक कुरा पनि उसैगरी देखिए। त्यसमध्ये एक हो- नेपाली क्रिकेट टोलीको ब्याटिङ समस्या। सधैँजस्तै यो शृंखलामा पनि नेपालको कमजोर ब्याटिङ प्रदर्शनमा सुधार आएन। नेपालको ब्याटिङतर्फ ओपनिङमा सधैँ कमजोर प्रदर्शन हुने गर्छ। त्यसकारण ओपनिङमा थुप्रै प्रयोग भए। तर, त्यसले स्थिरता पाएन। मध्य क्रममा ब्याटिङ गर्ने पारस खड्का र ज्ञानेन्द्र मल्लले पछिल्ला खेलमा ओपनिङ सम्हाल्दै आएका छन्। तर, उनीहरूको जोडी पनि जम्न सकेको छैन। शरद भेषावकर घाइते भएपछि दोस्रो खेलबाट सुवास खकुरेल र ज्ञानेन्द्रले ओपनिङ सम्हाले।

तर, तेस्रो खेलबाहेक अन्य खेलमा नेपालको ओपनिङ पूर्णरूपमा फ्लप रह्यो। तेस्रो खेलमा सुवास र ज्ञानेन्द्रले ४८ रनको साझेदारी गरे। अनुभवी ब्याट्सम्यान अग्रपंक्तिमा आउँदा तल्लोक्रम सम्हाल्ने जिम्मा बिनोद भण्डारीको काँधमा थियो। बिनोदले पनि नेपाललाई ‘फिनिसिङ टच’ दिन सकेनन्। व्यक्तिगतरूपमा उनको मध्यम प्रदर्शन रह्यो। यस शृंखलामा उनले सबभन्दा धेरै, चार खेलमा १२० रन बनाए।

समस्या ओपनिङमा मात्र होइन। नेपालको समग्र ब्याटिङ लाइन अपले नै परिपक्‍व प्रदर्शन गर्न सकेन। पारसले चार खेलमा ८० रन मात्र जोडे। अन्तिम खेलमा उनी २० रनमा अविजित थिए। दुई खेलमा एक रन मात्र जोडेका कप्तान ज्ञानेन्द्र मल्लले ७९ रन बनाए। मध्यक्रममा आशा गरिएका उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको ब्याट पनि चल्न सकेन। दुई खेलमा रन नबनाई पवेलियन फर्किएका दीपेन्द्रसिंह ऐरीले ५१ रन बनाए। आरिफले तीन इनिङ्समा ३६ रन मात्र बनाए।

शरद घाइते भएपछि मौका पाएका सुवासले पनि पुनरागमनलाई दमदार बनाउन सकेनन्। उनले तीन इनिङ्समा २५ रन मात्र जोडे।  तुलनात्मकरूपमा कुशल मल्लले आस देखाए। लामो अनुभव बटुलेका ब्याट्सम्यान खुल्न नसकिरहेको अवस्थामा डेब्यू गरेका कुशलले कीर्तिमानी प्रदर्शन गरे। उनले दुई इनिङ्समा ७८ रन जोडे।

कमजोर व्यवस्थापन

क्यानको निलम्बन फुकुवापछि नेपालमा भएको पहिलो ठूलो प्रतियोगिता थियो, त्रिदेशीय एकदिवसीय शृंखला। यसअघि १३औं दक्षिण एशियाली खेलकुदमा पनि क्यानले क्रिकेटको व्यवस्थापन गरेको थियो। तर, आईसीसीको कार्यक्रमभित्र रहेको प्रतियोगता भने यही शृंखला हो।

क्यान नेतृत्वलाई यो प्रतियोगिताबाट आलोचकको मुख थुन्ने राम्रो मौका थियो। तर, त्यसमा ऊ चुक्यो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाका लागि अति न्यूनतम आवश्यकता पूरा गर्नका लागि खेलको अघिल्लो रातसम्म पनि काम सकिएको थिएन।

संचारमाध्यमलगायत क्यान पदाधिकारीहरूकै ‘एक्रिडिएसन कार्ड’को टुंगो अन्तिम दिनसम्म पनि लागेन। अघिल्लो रातिसम्म पनि मैदानमा बनाइएको भीआईपी बक्स, संचारमाध्यमलगायतका लागि बनाइएको टहरो पूर्णरूपमा बनिसकेको थिएन। पहिलो दिनको खेल शुरू भइसक्दा पनि इन्टरनेटको व्यवस्था भइसकेको थिएन। प्रतियोगिताअघि हुने ‘प्री-म्याच प्रेस कन्फ्रेन्स’ अघिल्लो दिन दिउँसोसम्म टुंगो थिएन। अन्ततः साँझ हतारोमा गरिएको थियो।

घरेलु मैदानको अनुभूति भएन

यसै शृंखलाका लागि क्यानले १३औं दक्षिण एशियाली खेलकुद (साग) सकिएलगत्तै मैदान बनाउन थालेको थियो। श्रीलंकाबाट आएका क्युरेटर बन्दुलाले नेपालका मधु तामाङसँगको सहकार्यमा दुई महीना लगाएर पिच तयार पारेका थिए।

त्रिवि क्रिकेट मैदानलाई बलिङ पिचका रूपमा लिइन्छ। बन्दुलाले ब्याटिङ पिच बनाउने प्रयास गरेका थिए। तर, क्युरेटर तामाङले नेपालमा जस्तो बनाए पनि अन्ततः स्पिन पिच नै बन्ने बताए। 

घरमै शृंखला आयोजना हुने भए पनि नेपाली टीमले अन्तिम दुई दिन मात्र पिचमा अभ्यास गर्न पायो। त्यहीकारण नेपाली खेलाडीले पनि पिचको स्वभाव नै राम्रोसँग बुझ्न पाएनन्।

टीमभित्र विवाद

मैदानबाहिरको विवादका कारण नेपाली क्रिकेट सधैँ आलोचित रह्यो। तर, मैदानभित्रको प्रदर्शन र एकताले भने सदैव समर्थकको वाहवाही पायो। तर, यस शृंखलाबाट टीमभित्रको फाटो उजागर भएको छ। ओमानविरुद्धको खेलमा सन्दीपले आफूले बलिङ गर्ने क्रममा आक्रामक फिल्डिङ राख्न कप्तानलाई अनुरोध गरेका थिए।

तर, सन्दीपको अनुरोधलाई कप्तान ज्ञानेन्द्र मल्लले स्वीकार गरेनन्। त्यसमा सन्दीपले देखिने गरी असन्तुष्टि जनाए। टीमको डिनरमा पनि सन्दीपलगायत प्रशिक्षक सँगै नहुनुले टीमभित्रको एकतामा कमी आएको महसुस गरायो।

दर्शकको कमी, तर व्यवहारको प्रशंसा

एसोसियट राष्ट्रहरूमध्ये नेपालमा क्रिकेट दर्शकको उपस्थिति अद्भुत हुने गर्छ। नेपालमा अन्तर्राष्ट्रिय खेल हुने भनेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हो, जहाँ रंगशाला छैन। न्यूनतम आवश्यकताबाहेक त्रिवि क्रिकेट मैदानमा अन्य सुविधा केही छैन।

तर, जब नेपाली क्रिकेट टोली मैदानमा उत्रन्छ, त्रिवि क्रिकेट मैदानको परिसरमा खुट्टा राख्ने ठाउँ हुँदैन। कम्पाउण्डभित्र र बाहिर समर्थकको घुइँचो उत्तिकै हुने गर्छ। गत सिजन एभरेष्ट प्रिमियर लिगमै दर्शकको उपस्थितिले सबैलाई दंग बनाएको थियो।

तर, यसपटक त्यस्तै दृश्य भने दोहोरिएन। दर्शकको उपस्थिति तुलनात्मकरूपमा घट्यो। पहिले जस्तो खचाखच भीड भने देखिएन। यद्यपि यस शृंखलामा पनि ओमान र अमेरिकाका खेलाडीले नेपाली दर्शकको व्यवहारलाई खुलेर प्रशंसा गरे। एकदशक अघि सम्पन्न नेपाल र अमेरिकाबीचको खेलमा मैदानभित्र ढुंगा हानेपछि नेपाली दर्शकको आलोचना भएको थियो। तर, त्यसपछि भने त्रिविमा त्यस्तो दृश्य देखिएको छैन। भर्खरै सम्पन्न शृंखलामा राम्रो प्रदर्शन गर्दा ओमान र अमेरिकाका खेलाडी र टीमलाई पनि दर्शकले सम्मान गरे। र, त्यसको उनीहरूले खुलेर प्रशंसा गरे।

" /> काठमाडौं। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेलेर आईसीसी क्रिकेट विश्वकप लिग-२ को यात्रा शुरू गरेको छ। भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा पुग्ने खुड्किलो मानिएको त्रिदेशीय यो शृखला नेपालले मिश्रित नतिजासहित अन्त्य गर्‍यो। ओमानसँग दुवै खेलमा पराजय व्यहोरे पनि प्रतियोगिताअघि बलियो देखिएको अमेरिकाविरुद्ध नेपालले हासिल गरेको नतिजा भने सम्झनलायक छ।

"> त्रिदेशीय एकदिवसीय शृंखलापछिको नेपाली क्रिकेटः अवसर बढ्यो, स्तर बढेको अनुभूति भएन: Dekhapadhi
त्रिदेशीय एकदिवसीय शृंखलापछिको नेपाली क्रिकेटः अवसर बढ्यो, स्तर बढेको अनुभूति भएन <p style="text-align:justify">काठमाडौं। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेलेर आईसीसी क्रिकेट विश्वकप लिग-२ को यात्रा शुरू गरेको छ। भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा पुग्ने खुड्किलो मानिएको त्रिदेशीय यो शृखला नेपालले मिश्रित नतिजासहित अन्त्य गर्&zwj;यो। ओमानसँग दुवै खेलमा पराजय व्यहोरे पनि प्रतियोगिताअघि बलियो देखिएको अमेरिकाविरुद्ध नेपालले हासिल गरेको नतिजा भने सम्झनलायक छ।</p> <p style="text-align:justify">अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जित विश्वभरका क्रिकेटप्रेमीको मनमा कायम रहनेछ।</p> <p style="text-align:justify">अमेरिकाविरुद्ध नेपालले जति सुखद् नतिजा निकाल्यो, ओमानविरुद्धको नतिजा त्यति नै दुखद् रह्यो। अझ भनौं ओमानले नेपाली क्रिकेटलाई पाठ सिकाएर गयो। ओमानको क्रिकेट यात्रा नेपालभन्दा निकै पछि शुरू भएको हो। तर, कीर्तिपुर क्रिकेट मैदानमा ओमानको प्रदर्शन नेपालको भन्दा सबै हिसाबले परिपक्&zwj;व देखियो।</p> <p style="text-align:justify">कीर्तिपुरमा सम्पन्न त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाले नेपाली क्रिकेटका राम्रा र नराम्रा दुवै पाटा उजागर गरिदिएको छ। नतिजाका हिसाबमा नेपाल ५०-५० को स्थितिमा रह्यो। त्यसमा पनि अन्तिम खेलमा अमेरिकामाथि हासिल जित सम्झनलायक रह्यो। नेपालको त्यही जितले अगाडिका कमजोरीलाई छायाँमा पारिदियो। अनुभवी खेलाडीको प्रदर्शनमा प्रश्न उठिरहेका बेला युवा खेलाडीले भने आशा जगाएका छन्।</p> <p style="text-align:justify">त्यसमध्ये कुशल मल्लले त यही शृंखलामा विश्व कीर्तिमान नै बनाए।</p> <p style="text-align:justify">परम्परागतरूपमा स्पिन बलिङ नेपालको मुख्य हतियार हो, जुन यो शृंखलामा पनि कायमै रह्यो।</p> <p style="text-align:center"><img alt="" height="993" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/0 ICC review phot/Sandeep Lamichhane1.jpg" width="1500" /></p> <p style="text-align:justify">यही शृंखलामार्फत् नेपालको त्रिवि क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिने मैदानको मान्यता पायो। केही महीना अघि मात्र पुनर्स्थापित नेपाल क्रिकेट संघ (क्यान)ले&nbsp; केही मात्रामा भए पनि आफ्नो साख फर्काउने प्रयास गर्&zwj;यो। प्रतियोगिताको &lsquo;ब्रोडकाष्ट राइट&rsquo; बेचिनुका साथै प्रायोजकको चासो देखिनु नेपाली क्रिकेटका लागि सुखद् पक्ष हो। तथापि ब्याटिङमा पुरानै समस्या देखियो भने कमजोर व्यवस्थापन जस्ता समस्यालाई नेपालले अझै पन्छाउन सकेन।</p> <p style="text-align:justify">आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा सम्पन्न त्रिदेशीय शृंखलाका सकारात्मक र नकारात्मक दुवै पाटोबारे यहाँ चर्चा गरिएको छ।</p> <p style="text-align:justify"><strong>त्रिवि क्रिकेट मैदानलाई ओडीआई मान्यता</strong></p> <p style="text-align:center"><img alt="" height="851" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/0 ICC review phot/Karan and Team.jpg" width="1500" /></p> <p style="text-align:justify">त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदानले पहिलोपटक आधिकारिकरूपमा एसीसी ट्रफी आयोजना गरेको थियो। उक्त प्रतियोगिताबाट यस मैदानले &lsquo;फष्ट क्लास&rsquo; क्रिकेट खेलाउने मान्यता पाएको थियो।</p> <p style="text-align:justify">भारतीय टेलिभिजन जी टीभीले कीर्तिपुर रंगशालालाई पहिलोपटक क्रिकेट मैदानको स्वरूप दिएको थियो। अर्थात् त्यसअघि उक्त मैदानमा फुटबल पनि खेलिन्थ्यो। जी टीभीले रंगशालाको आकार दिएपछि त्यसमा केही पूर्वाधार थपिए पनि त्रिवि क्रिकेट मैदानमा तात्विक फरक भने आएको छैन।&nbsp;</p> <p style="text-align:justify">क्यानले अस्थायी रूपमै सही, न्यूनतम आवश्यकता पूरा गर्ने भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले त्रिवि मैदानलाई आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय शृंखला आयोजना गर्ने स्वीकृति दिएको हो। सन् २०१८ मा जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने राष्ट्रको मान्यता पाएको थियो। तर, नेपालले घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाएको थिएन। आईसीसीले मान्यता दिएसँगै त्रिवि क्रिकेट मैदान एकदिवसीय अन्तर्राष्ट्रिय आयोजना गर्ने २०९औं मैदान बनेको छ।</p> <p style="text-align:justify"><strong>युवा खेलाडीको उत्कृष्ट प्रदर्शन</strong></p> <p style="text-align:justify">कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्कालगायत अनुभवी खेलाडीको प्रदर्शन निराशजनक रहे पनि युवा खेलाडीले यो शृंखलामा क्रिकेटप्रेमीको मन जिते। सुशन भारी, कुशल मल्ल, अविनाश बोहरा, कमलसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे।</p> <p style="text-align:justify">कुशलले त सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाए। उनले १५ वर्ष ३४० दिनको उमेरमा अर्धशतक बनाए। कुशलले नेपालकै रोहितकुमार पौडेलले १६ वर्ष १४६ दिनको उमेरमा अर्धशतक बनाउँदै राखेको कीर्तिमान तोडेका हुन्। अमेरिकाविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका कुशलले दुई इनिङ्समा ७८ रन बनाए। ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका कुशलले बलिङतर्फ पनि दुई विकेट लिए।</p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="809" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/0 ICC review phot/Kushal Malla.jpg" width="1500" /> <figcaption>कुशल मल्ल।</figcaption> </figure> </div> <p style="text-align:justify">बायाँ हाते स्पिनर सुशन भारीको प्रदर्शनले सबैको मन जित्यो। सुशनले चार इनिङ्समा ११ विकेट लिए। उनले अमेरिकाविरुद्धको दोस्रो खेलमा तीन ओभर बलिङ गर्दै पाँच रन दिएर चार विकेट लिएका थिए। त्यसअघि ओमानविरुद्धको पहिलो खेलमा पनि सुशनले १० ओभरमा १४ रन दिएर तीन विकेट लिएका थिए। ओमानविरुद्ध विकेट नलिए पनि सन्दीप लामिछानेले अमेरिकाविरुद्ध भने राम्रो प्रदर्शन गरे। अन्तिम खेलमा ६ विकेट लिएका सन्दीपले पहिलो खेलमा दुई विकेट लिएका थिए।</p> <p style="text-align:justify"><strong>५० प्रतिशत नतिजा</strong></p> <p style="text-align:justify">ओमानविरुद्ध नतिजा निकाल्न नसके पनि नेपालले अमेरिकाविरुद्धका दुवै खेलमा सहज निकाल्यो। कीर्तिपुरमा त्रिदेशीय शृंखला शुरू हुनुअघि अमेरिका शीर्ष स्थानमा थियो। अमेरिकाले आठ खेलबाट १२ अंक जोडेको थियो। ओमान दोस्रो स्थानमा थियो। ओमानले ६ खेलबाट ८ अंक जोडेको थियो। नेपाली भूमि सबभन्दा धेरै ओमानका लागि लाभदायक रह्यो। नेपालमा शतप्रतिशत नतिजा निकालेको ओमान शीर्ष स्थानमा उक्लियो।</p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="1239" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/0 ICC review phot/Oman Players.jpg" width="1500" /> <figcaption>नेपाल-ओमान खेल।</figcaption> </figure> </div> <p style="text-align:justify">नेपालले चार खेलबाट चार अंक जोड्यो। सात देश सम्मिलित प्रतियोगितामा नेपाल छैटौं स्थानमा छ। नेपालभन्दा तल पपुवा न्युगिनी (पीएनजी) छ। पीएनजीले आठ खेलमा कुनै अंक जोड्न सकेको छैन। प्रतियोगितामा सहभागी सात राष्ट्रमध्ये नेपालले सबभन्दा कम चार खेल मात्र खेलेको छ।</p> <p style="text-align:justify">पहिलो खेलमा ओमानसँग १८ रनले हारेको नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो। ओमानविरुद्धको दोस्रो खेल आठ विकेटले गुमाएको नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध कीर्तिमानी नतिजा निकाल्यो। टस हारेर ब्याटिङका लागि निम्त्याइएको अमेरिकाले १२ ओभरमा ३५ रन जोड्दा सबै विकेट गुमायो, जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबभन्दा सानो योगफलसँग बराबरी हो। सबभन्दा चाँडो इनिङ्स सकिएको खेल पनि यही हो।</p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="930" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/0 ICC review phot/USA Team.jpg" width="1500" /> <figcaption>नेपाल-अमेरिका खेल।</figcaption> </figure> </div> <p style="text-align:justify">यसअघि श्रीलंकाले २५ अप्रिल २००४ मा हरारेमा सम्पन्न खेलमा जिम्बाब्वेलाई ३५ रनमा अलआउट गरेको थियो। उक्त खेलमा जिम्बाब्वेले १८ ओभर खेलेको थियो। ३५ रनको लक्ष्य नेपालले ५.२ ओभरमा पूरा गर्&zwj;यो, जुन सबभन्दा चाँडो हो। श्रीलंकाले जिम्बाब्वेविरुद्ध ३६ रनको लक्ष्य पूरा गर्न ९.२ ओभर खर्चेको थियो।</p> <p style="text-align:justify">ओमानविरुद्ध निरीह बने पनि नेपालले अमेरिकाविरुद्ध निकालेको नतिजाले &lsquo;कालो बादलमा चाँदीको घेरा&rsquo; झैं देखाएको छ।&nbsp;</p> <p style="text-align:justify"><strong>बलिङको प्रभाव कायमै</strong></p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="1240" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/0 ICC review phot/Sushan Bhari.jpg" width="1500" /> <figcaption>सुशन भारी।</figcaption> </figure> </div> <p style="text-align:justify">परम्परागतरूपमा नेपाली क्रिकेटको मुख्य हतियार स्पिन बलिङ हो। पुराना स्पिन बलरहरू टीमबाट हटिसकेका छन्।</p> <p style="text-align:justify">यस शृंखलामा नेपालको स्पिन बलिङको नेतृत्व नै सन्दीप लामिछानेले गरेका थिए। उनलाई सुशन भारी, कुशल मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरीले साथ दिएका थिए। ओमानविरुद्धको दोस्रो खेलमा बाहेक अन्य खेलमा नेपाली बलरले विपक्षी टीमलाई दबाबमा राख्न सफल रहे। बायाँ हाते स्पिनर सुशनले ११, दायाँ हाते स्पिनर सन्दीपले आठ, तीव्र गतिका बलर करण केसीले पनि आठ विकेट लिए।&nbsp;&nbsp;&nbsp;</p> <p style="text-align:justify">नेपाली बलरले ओमानलाई पहिलो खेलमा १९७ रनमा रोकेका थिए। तर, ब्याटिङ नचल्दा नेपाल १८ रनले पराजित भयो। दोस्रो खेलमा १९० रनको लक्ष्य जोगाउने क्रममा नेपाली बलरले अमेरिकालाई १५५ रनमा समेटेका थिए। तेस्रो खेलमा भने नेपाली बलर प्रभावहीन बने। नेपालले २५० रनको लक्ष्य जोगाउन सकेन। नेपाली बलर फ्लप हुँदा ओमानले १६ बलअघि नै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्&zwj;यो।</p> <p style="text-align:justify">तर, अन्तिम खेलमा भने नेपाली बलरले फेरि कमाल गरे। नेपाली बलरसामु अमेरिकाका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन्। नेपालविरुद्ध अमेरिका ३५ रनमै समेटियो। त्यो पनि १२ ओभरमै। सन्दीपले ६ तथा सुशनले चार विकेट लिएपछि अमेरिकाका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न पाएनन्। अमेरिकाका एक ब्याट्सम्यानबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। त्यसकारण समग्रमा नेपाली बलिङ अझै पनि बलियो नै छ भन्ने यो शृंखलाले देखाएको छ।</p> <p style="text-align:justify"><strong>प्रसारण अधिकार बिक्री र प्रायोजकको चासो</strong></p> <p style="text-align:justify">यसपटक नेपाल क्रिकेट संघ (क्यान)ले कान्तिपुर टेलिभिजनलाई त्रिदेशीय शृंखलाको प्रसारण अधिकार बेच्यो। सम्भवतः क्यानले ब्रोडकास्टिङ राइट बेचेको यो पहिलोपटक हो। तथापि क्यान निलम्बनमा हुँदा आईसीसीले विश्व क्रिकेट लिगमा भने ब्रोडकास्टिङ राइट बेचेको थियो। यसले लामो समयको खिचातानीपछि फुकुवा भएको क्यानलाई आर्थिक रूपमा राम्रै भरथेग हुने देखिन्छ।</p> <p style="text-align:justify">निलम्बनमा परेपछि नयाँ विधानअनुसार सम्पन्न निर्वाचनबाट चतुरबहादुर चन्द नेतृत्वकै प्यानल &lsquo;क्लिनस्विप&rsquo; गरेर क्यानको नेतृत्वमा आएको छ। चन्द नेतृत्वको पुरानो टीममाथि यसअघि आर्थिक हिनामिनाको आरोप लागेको थियो। त्यहीकारण हुन सक्छ, क्यानलाई अझै पनि आईसीसीले दिल खोलेर विश्वास गरिसकेको छैन।</p> <p style="text-align:justify">तथापि यो शृंखलामा व्यावसायिक घरानाको चासो कायमै देखियो। क्यानले कोकाकोला, एनएमबी बैंक, भिजिट नेपाल २०२०, डाबर, रुस्लान, डिसहोमलगायतका प्रायोजकहरू जुटायो। घटेको साख फर्काउने प्रयास गरेको क्यानलाई क्रिकेटप्रति व्यावसायिक घरानाले देखाएको चासोले उत्साह दिएको छ।</p> <p style="text-align:justify"><strong>ब्याटिङ समस्या अझै उस्तै</strong></p> <p style="text-align:center"><img alt="" height="970" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/0 ICC review phot/USA Team and.jpg" width="1500" /></p> <p style="text-align:justify">यो शृंखलामा सकारात्मक जस्तै कतिपय नकारात्मक कुरा पनि उसैगरी देखिए। त्यसमध्ये एक हो- नेपाली क्रिकेट टोलीको ब्याटिङ समस्या। सधैँजस्तै यो शृंखलामा पनि नेपालको कमजोर ब्याटिङ प्रदर्शनमा सुधार आएन। नेपालको ब्याटिङतर्फ ओपनिङमा सधैँ कमजोर प्रदर्शन हुने गर्छ। त्यसकारण ओपनिङमा थुप्रै प्रयोग भए। तर, त्यसले स्थिरता पाएन। मध्य क्रममा ब्याटिङ गर्ने पारस खड्का र ज्ञानेन्द्र मल्लले पछिल्ला खेलमा ओपनिङ सम्हाल्दै आएका छन्। तर, उनीहरूको जोडी पनि जम्न सकेको छैन। शरद भेषावकर घाइते भएपछि दोस्रो खेलबाट सुवास खकुरेल र ज्ञानेन्द्रले ओपनिङ सम्हाले।</p> <p style="text-align:justify">तर, तेस्रो खेलबाहेक अन्य खेलमा नेपालको ओपनिङ पूर्णरूपमा फ्लप रह्यो। तेस्रो खेलमा सुवास र ज्ञानेन्द्रले ४८ रनको साझेदारी गरे। अनुभवी ब्याट्सम्यान अग्रपंक्तिमा आउँदा तल्लोक्रम सम्हाल्ने जिम्मा बिनोद भण्डारीको काँधमा थियो। बिनोदले पनि नेपाललाई &lsquo;फिनिसिङ टच&rsquo; दिन सकेनन्। व्यक्तिगतरूपमा उनको मध्यम प्रदर्शन रह्यो। यस शृंखलामा उनले सबभन्दा धेरै, चार खेलमा १२० रन बनाए।</p> <p style="text-align:justify">समस्या ओपनिङमा मात्र होइन। नेपालको समग्र ब्याटिङ लाइन अपले नै परिपक्&zwj;व प्रदर्शन गर्न सकेन। पारसले चार खेलमा ८० रन मात्र जोडे। अन्तिम खेलमा उनी २० रनमा अविजित थिए। दुई खेलमा एक रन मात्र जोडेका कप्तान ज्ञानेन्द्र मल्लले ७९ रन बनाए। मध्यक्रममा आशा गरिएका उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको ब्याट पनि चल्न सकेन। दुई खेलमा रन नबनाई पवेलियन फर्किएका दीपेन्द्रसिंह ऐरीले ५१ रन बनाए। आरिफले तीन इनिङ्समा ३६ रन मात्र बनाए।</p> <p style="text-align:justify">शरद घाइते भएपछि मौका पाएका सुवासले पनि पुनरागमनलाई दमदार बनाउन सकेनन्। उनले तीन इनिङ्समा २५ रन मात्र जोडे।&nbsp; तुलनात्मकरूपमा कुशल मल्लले आस देखाए। लामो अनुभव बटुलेका ब्याट्सम्यान खुल्न नसकिरहेको अवस्थामा डेब्यू गरेका कुशलले कीर्तिमानी प्रदर्शन गरे। उनले दुई इनिङ्समा ७८ रन जोडे।</p> <p style="text-align:justify"><strong>कमजोर व्यवस्थापन</strong></p> <p style="text-align:justify">क्यानको निलम्बन फुकुवापछि नेपालमा भएको पहिलो ठूलो प्रतियोगिता थियो, त्रिदेशीय एकदिवसीय शृंखला। यसअघि १३औं दक्षिण एशियाली खेलकुदमा पनि क्यानले क्रिकेटको व्यवस्थापन गरेको थियो। तर, आईसीसीको कार्यक्रमभित्र रहेको प्रतियोगता भने यही शृंखला हो।</p> <p style="text-align:justify">क्यान नेतृत्वलाई यो प्रतियोगिताबाट आलोचकको मुख थुन्ने राम्रो मौका थियो। तर, त्यसमा ऊ चुक्यो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाका लागि अति न्यूनतम आवश्यकता पूरा गर्नका लागि खेलको अघिल्लो रातसम्म पनि काम सकिएको थिएन।</p> <p style="text-align:center"><img alt="" height="614" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/0 ICC review phot/Crowd.jpg" width="1200" /></p> <p style="text-align:justify">संचारमाध्यमलगायत क्यान पदाधिकारीहरूकै &lsquo;एक्रिडिएसन कार्ड&rsquo;को टुंगो अन्तिम दिनसम्म पनि लागेन। अघिल्लो रातिसम्म पनि मैदानमा बनाइएको भीआईपी बक्स, संचारमाध्यमलगायतका लागि बनाइएको टहरो पूर्णरूपमा बनिसकेको थिएन। पहिलो दिनको खेल शुरू भइसक्दा पनि इन्टरनेटको व्यवस्था भइसकेको थिएन। प्रतियोगिताअघि हुने &lsquo;प्री-म्याच प्रेस कन्फ्रेन्स&rsquo; अघिल्लो दिन दिउँसोसम्म टुंगो थिएन। अन्ततः साँझ हतारोमा गरिएको थियो।</p> <p style="text-align:justify"><strong>घरेलु मैदानको अनुभूति भएन</strong></p> <p style="text-align:justify">यसै शृंखलाका लागि क्यानले १३औं दक्षिण एशियाली खेलकुद (साग) सकिएलगत्तै मैदान बनाउन थालेको थियो। श्रीलंकाबाट आएका क्युरेटर बन्दुलाले नेपालका मधु तामाङसँगको सहकार्यमा दुई महीना लगाएर पिच तयार पारेका थिए।</p> <p style="text-align:justify">त्रिवि क्रिकेट मैदानलाई बलिङ पिचका रूपमा लिइन्छ। बन्दुलाले ब्याटिङ पिच बनाउने प्रयास गरेका थिए। तर, क्युरेटर तामाङले नेपालमा जस्तो बनाए पनि अन्ततः स्पिन पिच नै बन्ने बताए।&nbsp;</p> <p style="text-align:justify">घरमै शृंखला आयोजना हुने भए पनि नेपाली टीमले अन्तिम दुई दिन मात्र पिचमा अभ्यास गर्न पायो। त्यहीकारण नेपाली खेलाडीले पनि पिचको स्वभाव नै राम्रोसँग बुझ्न पाएनन्।</p> <p style="text-align:justify"><strong>टीमभित्र विवाद</strong></p> <p style="text-align:center"><img alt="" height="1000" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/0 ICC review phot/Sandeep Lamichhane.jpg" width="1500" /></p> <p style="text-align:justify">मैदानबाहिरको विवादका कारण नेपाली क्रिकेट सधैँ आलोचित रह्यो। तर, मैदानभित्रको प्रदर्शन र एकताले भने सदैव समर्थकको वाहवाही पायो। तर, यस शृंखलाबाट टीमभित्रको फाटो उजागर भएको छ। ओमानविरुद्धको खेलमा सन्दीपले आफूले बलिङ गर्ने क्रममा आक्रामक फिल्डिङ राख्न कप्तानलाई अनुरोध गरेका थिए।</p> <p style="text-align:justify">तर, सन्दीपको अनुरोधलाई कप्तान ज्ञानेन्द्र मल्लले स्वीकार गरेनन्। त्यसमा सन्दीपले देखिने गरी असन्तुष्टि जनाए। टीमको डिनरमा पनि सन्दीपलगायत प्रशिक्षक सँगै नहुनुले टीमभित्रको एकतामा कमी आएको महसुस गरायो।</p> <p><strong>दर्शकको कमी, तर व्यवहारको प्रशंसा</strong></p> <p style="text-align:center"><img alt="" height="1000" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/0 ICC review phot/Crowd2.jpg" width="1500" /></p> <p>एसोसियट राष्ट्रहरूमध्ये नेपालमा क्रिकेट दर्शकको उपस्थिति अद्भुत हुने गर्छ। नेपालमा अन्तर्राष्ट्रिय खेल हुने भनेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हो, जहाँ रंगशाला छैन। न्यूनतम आवश्यकताबाहेक त्रिवि क्रिकेट मैदानमा अन्य सुविधा केही छैन।</p> <p>तर, जब नेपाली क्रिकेट टोली मैदानमा उत्रन्छ, त्रिवि क्रिकेट मैदानको परिसरमा खुट्टा राख्ने ठाउँ हुँदैन। कम्पाउण्डभित्र र बाहिर समर्थकको घुइँचो उत्तिकै हुने गर्छ। गत सिजन एभरेष्ट प्रिमियर लिगमै दर्शकको उपस्थितिले सबैलाई दंग बनाएको थियो।</p> <p>तर, यसपटक त्यस्तै दृश्य भने दोहोरिएन। दर्शकको उपस्थिति तुलनात्मकरूपमा घट्यो। पहिले जस्तो खचाखच भीड भने देखिएन। यद्यपि यस शृंखलामा पनि ओमान र अमेरिकाका खेलाडीले नेपाली दर्शकको व्यवहारलाई खुलेर प्रशंसा गरे। एकदशक अघि सम्पन्न नेपाल र अमेरिकाबीचको खेलमा मैदानभित्र ढुंगा हानेपछि नेपाली दर्शकको आलोचना भएको थियो। तर, त्यसपछि भने त्रिविमा त्यस्तो दृश्य देखिएको छैन। भर्खरै सम्पन्न शृंखलामा राम्रो प्रदर्शन गर्दा ओमान र अमेरिकाका खेलाडी र टीमलाई पनि दर्शकले सम्मान गरे। र, त्यसको उनीहरूले खुलेर प्रशंसा गरे।</p>
प्रतिक्रिया दिनुहोस्