हेटाैंडा। बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरू गर्ने जनाएको छ। आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही संख्यामा मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया शुरू गर्ने जानकारी दिए।

उनले प्रदेशमा थुप्रै पद खाली भएको उल्लेख गर्दै आवश्यकता र प्राथमिकताका आधारमा भर्ना प्रक्रिया अगाडि बढाइने बताए। कर्मचारीले विभिन्न कारणले राजीनामा दिएका कारण पनि हाल प्रदेशमा ठूलो सङ्ख्यामा विभिन्न पद रिक्त रहेको जनाइएको छ। तह बढुवा गर्नका लागि मात्रै प्रदेश र स्थानीय तह रोजेका कर्मचारीले धमाधम राजीनामा दिन थालेकाे जनाइएको छ।

यसरी राजीनामा आउन थालेपछि प्रदेश र स्थानीय तहमा कर्मचारी अभावका कारण काम गर्न समस्या भइरहेको छ। उक्त समस्या समाधानका लागि प्रदेशको लोकसेवा आयोगले असार महीनासम्म पहिलो चरणमा कर्मचारी भर्ना गर्न लागेको हो। अध्यक्ष श्रेष्ठले प्रदेश र स्थानीय तहमा जुन पदमा धेरै कर्मचारी आवश्यक छ त्यही पदमा पहिलो चरणमा कर्मचारी भर्ना गरिने बताए।

यसैबीच प्रदेशमा आइसकेका १०० भन्दा बढी कर्मचारीले राजीनामा दिएका छन्। संघीय सरकार मातहत रहेका कर्मचारी प्रदेश मातहत आउने अनि राजीनामा दिने क्रम बढेर गएको छ।

संघबाट प्रदेशमा आउँदा कर्मचारी दुई तहसम्म बढुवा भएका थिए। बढुवा भएपछि राजीनामा दिँदा उपदान रकम पनि बढी आउने भएकाले प्रदेशमा आएर राजीनामा दिने प्रचलन बढ्न थालेको हो। रासस

" /> हेटाैंडा। बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरू गर्ने जनाएको छ। आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही संख्यामा मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया शुरू गर्ने जानकारी दिए।

उनले प्रदेशमा थुप्रै पद खाली भएको उल्लेख गर्दै आवश्यकता र प्राथमिकताका आधारमा भर्ना प्रक्रिया अगाडि बढाइने बताए। कर्मचारीले विभिन्न कारणले राजीनामा दिएका कारण पनि हाल प्रदेशमा ठूलो सङ्ख्यामा विभिन्न पद रिक्त रहेको जनाइएको छ। तह बढुवा गर्नका लागि मात्रै प्रदेश र स्थानीय तह रोजेका कर्मचारीले धमाधम राजीनामा दिन थालेकाे जनाइएको छ।

यसरी राजीनामा आउन थालेपछि प्रदेश र स्थानीय तहमा कर्मचारी अभावका कारण काम गर्न समस्या भइरहेको छ। उक्त समस्या समाधानका लागि प्रदेशको लोकसेवा आयोगले असार महीनासम्म पहिलो चरणमा कर्मचारी भर्ना गर्न लागेको हो। अध्यक्ष श्रेष्ठले प्रदेश र स्थानीय तहमा जुन पदमा धेरै कर्मचारी आवश्यक छ त्यही पदमा पहिलो चरणमा कर्मचारी भर्ना गरिने बताए।

यसैबीच प्रदेशमा आइसकेका १०० भन्दा बढी कर्मचारीले राजीनामा दिएका छन्। संघीय सरकार मातहत रहेका कर्मचारी प्रदेश मातहत आउने अनि राजीनामा दिने क्रम बढेर गएको छ।

संघबाट प्रदेशमा आउँदा कर्मचारी दुई तहसम्म बढुवा भएका थिए। बढुवा भएपछि राजीनामा दिँदा उपदान रकम पनि बढी आउने भएकाले प्रदेशमा आएर राजीनामा दिने प्रचलन बढ्न थालेको हो। रासस

"> बागमती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरू गरिने: Dekhapadhi
बागमती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरू गरिने
हेटाैंडा। बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरू गर्ने जनाएको छ। आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही संख्यामा मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया शुरू गर्ने जानकारी दिए।

उनले प्रदेशमा थुप्रै पद खाली भएको उल्लेख गर्दै आवश्यकता र प्राथमिकताका आधारमा भर्ना प्रक्रिया अगाडि बढाइने बताए। कर्मचारीले विभिन्न कारणले राजीनामा दिएका कारण पनि हाल प्रदेशमा ठूलो सङ्ख्यामा विभिन्न पद रिक्त रहेको जनाइएको छ। तह बढुवा गर्नका लागि मात्रै प्रदेश र स्थानीय तह रोजेका कर्मचारीले धमाधम राजीनामा दिन थालेकाे जनाइएको छ।

यसरी राजीनामा आउन थालेपछि प्रदेश र स्थानीय तहमा कर्मचारी अभावका कारण काम गर्न समस्या भइरहेको छ। उक्त समस्या समाधानका लागि प्रदेशको लोकसेवा आयोगले असार महीनासम्म पहिलो चरणमा कर्मचारी भर्ना गर्न लागेको हो। अध्यक्ष श्रेष्ठले प्रदेश र स्थानीय तहमा जुन पदमा धेरै कर्मचारी आवश्यक छ त्यही पदमा पहिलो चरणमा कर्मचारी भर्ना गरिने बताए।

यसैबीच प्रदेशमा आइसकेका १०० भन्दा बढी कर्मचारीले राजीनामा दिएका छन्। संघीय सरकार मातहत रहेका कर्मचारी प्रदेश मातहत आउने अनि राजीनामा दिने क्रम बढेर गएको छ।

संघबाट प्रदेशमा आउँदा कर्मचारी दुई तहसम्म बढुवा भएका थिए। बढुवा भएपछि राजीनामा दिँदा उपदान रकम पनि बढी आउने भएकाले प्रदेशमा आएर राजीनामा दिने प्रचलन बढ्न थालेको हो। रासस

प्रतिक्रिया दिनुहोस्