बाजुराकाे प्रहरी कार्यालय नजिक फेला परेकाे बम निष्क्रिय
<p>बाजुरा। जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै फेला परेको प्रेसर कुकर बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।</p>
<p>बाजुरास्थित नेपाली सेनाकाे समरजित गुल्मकाे बम डिस्पाेजल टाेलीले उक्त बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी टंक भट्टराईले जानकारी दिए।</p>
<p>उनले बम डिस्पोज गर्ने क्रममा स्थानीय धर्म रोकायाको पक्की घर चर्किएको समेत जानकारी दिए। उनले बम कसले र किन राखेकाे खुल्न नसकेको बताए।</p>
प्रतिक्रिया दिनुहोस्
