चट्याङ पर्दा अछाममा बालककाे मृत्यु
अछाम। गयराति चट्याङमा पर्दा अछाममा एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

तुर्माखाँद गाउँपालिका-४, जैसुरको मिलनचोकमा रहेको धर्म कामीको घरमा गयराति ११:३० बजेतिर चट्याङ परेकाे थियाे।

चट्याङ लागेर उनका १४ महीने छोरा रोहित कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी दीपक भारतीले जानकारी दिए।

यस्तै धर्मकी २४ वर्षीया श्रीमती चन्द्रा कामी घाइते भएको प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार घाइते चन्द्राको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्