कैलालीमा बसकाे ठक्करबाट एकजनाकाे मृत्यु
<p>कैलाली। कैलालीमा बसको ठक्करबाट घाइते एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। माेटरसाइकलमा सवार डडेल्धुरा आलिताल गाउँपालिका-८, का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको कैलाली प्रहरीले जनाएकाे छ।</p>
<p>पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिकाको बडैपुरमा ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भट्ट गम्भीर घाइते भएका थिए।</p>
<p>भट्टकाे उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण विष्टले जानकारी दिए।</p>
<p>विष्टका अनुसार मोटरसाइकल चालक परशुराम नगरपालिका डडेल्धुराका २५ वर्षीय खेमराज भट्टको अवस्था भने सामान्य छ।</p>
प्रतिक्रिया दिनुहोस्
