कार दुर्घटनामा एक जनाको मृत्यु

कास्की। पोखरामा आज साँझ भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ छुटेको ग २ च ७७६३ नम्बरको कार पौने पाँच बजे छोरेपाटन नजिकै राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा–१७ बेलघारी बस्ने २१ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा तनहुँ बन्दीपुर घर भई हाल पोखरा–१७ छोरेपाटन बस्ने २१ वर्षीया बिना थापामगर तथा उनका छोरा अन्दाजी तीन वर्षका अनिस थापामगर र मृतक महिलाको छोरी घाइते भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए।

क्षेत्रीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै घाइतेलाई स्थानीयवासीले उद्धार गरी नजिकैको नमस्ते अस्पताल पु¥याएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्