बारामा कागजपत्र नभएकाे भारतीय गाडी बरामद्
<p>बारा। सशस्त्र प्रहरीले आज बाराकाे सुवर्ण गाउँपालिका-३, सन्तगञ्जबाट भारतीय नम्बर प्लेटकाे गाडी बरामद् गरेकाे छ।</p>
<p>बी आर ०१ पी डी ६२०७ नम्बरको भारतीय स्कारपियो गाडीकाे कागजपत्र नभएपछि बरामद् गरिएकाे सशस्त्र प्रहरीकाे भनाइ छ।</p>
<p>सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कवहीगोठबाट खटिएको टाेलीले बरामद् गरेकाे उक्त गाडी भन्सार कार्यालय वीरगंजमा बुझाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
