खप्तड गोल्डकपः कञ्चनजंघाकाे विजयी शुरूआत
कैलाली। कञ्चनजंघा फुटबल क्लब भारतले चौथो संस्करणको नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपमा विजयी शुरूआत गरेकाे छ।

टाइब्रेकरमा बागमती क्लब सिराहालाई ४-२ ले पराजित गर्दै कञ्चनजंघाले अन्तिम आठमा स्थान बनाएकाे हाे।

निर्धारित ७० मिनेटकाे खेलमा कुनै टीमबाट पनि गोल नभएपछि टाइब्रेकरमार्फत् नतिजा निकालिएको थियाे।

२ बजे उद्घाटन खेल शुरू हुने बताए पनि निर्धारित समयमा खेल नहुँदा समय घटाइएकाे थियाे।

जितसँगै कञ्चनजंघाले १३ फागुनमा हुने आयोजक सुदूरपश्चिम-११ स्पोर्टस् क्लबसँगको भेट पक्का गरेको छ।

प्रतियोगिताअन्तर्गत भाेलि, १० फागुनमा न्यूरोड टीम (एनआरटी) र एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियाेगितामा नेपाल र भारतका गरी १२ क्लबको सहभागिता छ। प्रतियोगिता २० फागुनसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेताले २१ लाख एक रूपैयाँ तथा उपविजेताले १० लाख एक रूपैयाँ प्राप्त गर्नेछन्।

धनगढी रगशालामा भइरहेकाे प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १०/१० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्