सिरहामा ब्राउनसुगरसहित एक युवक पक्राउ <p>सिरहा। प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई आज पक्राउ गरेको छ।</p> <p>इलाका प्रहरी कार्यालय नरहाले सिरहा-चोहर्वा सडकखण्डको हनुमानचाेक नरहामा ब्राउनसुगरसहित नरहा गाउँपालिका-५ का २० वर्षीय इन्द्रजित यादवलाई पक्राउ गरेको हाे।</p> <p>स-सानो प्लाष्टिकमा पोका पारेको अवस्थामा ब्राउनसुगर बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।</p> <p>४६ वटा पोकामा तयार पारिएको दुई ग्राम ३० मिलिग्राम ब्राउनसुगर बरामद् गरिएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्