काठमाडौं। इरानीहरूले आज नयाँ संसदको लागि मतदान गरिरहेका छन्। इरानमाथि अमेरिकी आर्थिक प्रतिबन्ध र इरानलाई कुटनीतिक रुपमा अलग्याइएको अन्यौलग्रस्त अवस्थामा इरानी जनताले मतदानमा भाग लिइरहेका छन्।

सात हजारभन्दा बढी निकै शसक्त उम्मेद्वारहरूको नाम हटाइएकाले चुनावमा मतदाताको संख्या कमै रहने अनुमान गरिएको छ। उम्मेदवारको सूचीबाट हटाइएका व्यक्तिहरुमा खासगरी सुधारवादीहरुको संख्या ठूलो छ।

इरानी नेताहरु र सरकारी मिडियाले मतदाताहरुलाई मतदानमा व्यापक सहभागिता जनाउन आग्रह गरेका छन् र कसैले यो चुनावलाई धार्मिक कर्तव्यको रुपमा पनि चित्रित गरेका छन्। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले तेहरानको आफ्नो कार्यालय नजिकैको मस्जिदमा मतदान गर्दै इरानीहरूलाई चुनावमा भाग लिन आग्रह गरेका थिए। मतदान स्थानीय समायअनुसार बिहान ७ बजेदेखि चलिरहेको छ।

“इरानको राष्ट्रिय हितप्रति ध्यान दिने जोकोहीले पनि चुनावमा भाग लिनु पर्दछ,” खामेनीले भने। यसै साताको शुरूमा खामेनीले ठूलो संख्यामा हुने मतदानले इरान बिरूद्ध अमेरिकी र इजरायली समर्थकहरुको “षडयन्त्र र योजना” विफल हुने विश्वास व्यक्त गरेका थिए।

“संयुक्तराज्य अमेरिकाको अधिकतम दवावको नतिजा के हुन्छ भनेर हाम्रा दुश्मनहरूले हेर्न चाहेका छन्”, उनले अमेरिकाको प्रतिबन्ध र वासिङ्टनको दवावलाई औंल्याउँदै भने। अमेरिकाले इरानी तेल विदेशमा बिक्री गर्न रोक लगाउनुका साथै इरानी अर्थ व्यवस्थालाई मन्दीतर्फ धकेलेको छ।

मतदानको पूर्वसन्ध्यामा ट्रम्प प्रशासनले इरानको सर्वोच्च संरक्षक परिषद (गार्डियन काउन्सिल) का अध्यक्ष समेत दुई वरिष्ठ अधिकारी तथा निर्वाचन पर्यवेक्षण समितिका तीन सदस्यमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकाले प्रतिबन्ध लगाएका अधिकारीहरुले ७ हजारभन्दा बढी उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा भाग लिन बन्देज लगाई इरानी जनताको स्वतन्त्र आवाज दबाउन मुख्य भूमिका निर्वाह गरेको दाबी गरेको छ।

चुनावमा अयोग्य घोषित उम्मेदवारहरुले २९० सिटको संसदमा २०८ स्थानमा उम्मेदवारी दिएका थिए।

संयुक्तराज्य अमेरिकासँगको तनावबीच यो चुनावबाट पनि संसदमा कट्टरपन्थीहरुको बाहुल्यता हुने निश्चित छ। गत जनवरीमा अमेरिकाको हवाई हमलामा इरानका वरिष्ठ जनरल कासिम सोलेमानीको हत्या भएपछि अमेरिकासँगको सङ्कट अझ गहिरिएको छ। यही तनावका बीच इरानी सेनाले भूलवस गरेको क्षेप्यास्त्र प्रहारका कारण इरानबाट उडेको युक्रेनी यात्रुबाहक बिमान खस्यो, र त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो। मारिएकाहरूमध्ये अधिकांश व्यक्ति इरानी थिए।

बिमान खसालिएको विषयलाई इरानी अधिकारीहरुले ढाकछोप गरेको भन्दै इरानी जनताले इरानी सरकार विरुद्ध आक्रोश पोखेका थिए। अहिले बढ्दो आर्थिक कठिनाइको समयमा चुनाव हुँदैछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरिएको आणविक सम्झौता फिर्ता लिएर इरान विरुद्ध आर्थिक प्रतिबन्ध लगाएसँगै इरानमा आधारभूत सामानमा चरम मूल्यवृद्धि भएको, मुद्रास्फीति र बेरोजगारी बढेको तथा स्थानीय मुद्राको गिरावट भएको छ। आर्थिक समस्याहरूकै कारण नोभेम्बरमा सर्वसाधारण इरानीले सरकार विरोधी प्रदर्शन पनि गरेका थिए। अन्तर्राष्ट्रिय मानवअधिकार समूहहरूले यी प्रदर्शनका क्रममा कम्तिमा ३०० जनाको मृत्यु भएको बताएका छन्।

इरानको संसदले युगान्तकारी नीतिहरू बनाउने सामर्थ्य राख्दैन, तर यसले सरकारको वार्षिक बजेट र मन्त्रीहरूको सम्भावित महाभियोगका बारेमा छलफल गर्दछ। इरानको मुख्य शक्ति अन्ततः खामेनीमै निहीत छ, र उनीबाटै मुख्य मामिलामा अन्तिम निर्णय हुन्छ।

कट्टरपन्थीहरुको बाहुल्य रहने संसदले इरानी क्रान्तिकारी गार्डको बजेट बढाउन सक्दछ। इरानको शक्तिशाली सेना ठानिएको गार्डमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।

संसदका वर्तमान सभामुख अली लारीजानीले ११ बर्षपछि पद छाड्ने निर्णय गरेका छन् र उनी चुनावमा उठेका पनि छैनन्। तेहरानका पूर्व मेयर एवं क्रान्तिकारी गार्डतर्फ वायुसेनाको पूर्व प्रमुख समेत रहिसकेका मोहम्मद बाखर कलिबाफले लारीजनीको उत्तराधिकारी हुने सम्भावना छ।

सन् २०१६ मा गठित वर्तमान संसदमा १०० जनाभन्दा बढी सुधारवादीहरु थिए। बाँकी सदस्यहरु निर्दलीय र कट्टरपन्थीहरु थिए। करीब ९० जना वर्तमान सांसदलाई पनि आजको चुनावमा भाग लिन निषेध गरिएको छ।

इरानी निर्वाचन आयोगका अनुसार करीब ८ करोड जनसंख्या रहेको इरानमा झण्डै ५ करोड ८० लाख मतदाता छन्। १८ वर्षभन्दा माथिका हरेक इरानीले मतदान गर्न पाउँछन्।

सन् २०१६ मा करीब ६२ प्रतिशत मतदान भएको थियो ।

मतदान साँझ ६ बजे सकिनेछ । प्रारम्भिक नतिजा भोलि घोषणा गरिने सम्भावना छ । राष्ट्रपतिको चुनाव भने सन् २०२१ मा हुने भनिएको छ। एपी

" /> काठमाडौं। इरानीहरूले आज नयाँ संसदको लागि मतदान गरिरहेका छन्। इरानमाथि अमेरिकी आर्थिक प्रतिबन्ध र इरानलाई कुटनीतिक रुपमा अलग्याइएको अन्यौलग्रस्त अवस्थामा इरानी जनताले मतदानमा भाग लिइरहेका छन्।

"> इरानमा संसदीय चुनाव: कट्टरपन्थीकै बाहुल्यता हुने निश्चित: Dekhapadhi
इरानमा संसदीय चुनाव: कट्टरपन्थीकै बाहुल्यता हुने निश्चित

प्रतिक्रिया दिनुहोस्