काठमाडौं। कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणापत्र प्रकाशन गरेको दिनलाई सम्झना गर्दै नेपालमा पनि मदन भण्डारी स्कुल अफ एशियाले ‘रेड बुक डे’ मनाएको छ।
बानेश्वरस्थित कलेजमा कार्यक्रम गरेर कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सका बारेमा छ्लफल आयोजना गरिएको स्कुलका विद्यार्थी एवं अनेरास्ववियूका केन्द्रीय सदस्य माधव पन्तले जानकारी दिए।
विश्व कम्युनिस्ट आन्दोलनको संरक्षण र विकास, समाजवादको रक्षार्थ मार्क्सवाद, लेनिनवादको वृहतर अध्ययनको लागि सा‌ंकेतिक रूपमा फेब्रुअरी २१ का दिन घोषणापत्र प्रकाशन गरिएको थियो।
नेकपाका केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको उपस्थितिमा घोषणापत्र वाचन गरेर कार्यक्रम गरिएको हो। कार्यक्रममा मदन भण्डारी स्कुल अफ एशियामा अध्ययन गर्ने विद्यार्थीलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पाण्डेले मार्क्सवाद र फ्रेडरिक एंगेल्सका बारेमा चर्चा गरेका थिए। रेड बुक डे को अवसरमा आजै त्रिभुवन विश्व विद्यालयमा समेत विद्यार्थीहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए।
कार्यक्रममा मदन भण्डारी स्कुल अफ एशियाका बलराम बाँस्कोटा, प्रमेश पोखरेल, रामशरा ढुङ्गाना लगायतले विचार राखेका थिए। करीब १७२ वर्ष अघि उक्त कम्युनिस्ट घोषणापत्र सार्वजनिक गरिएको थियो।
अहिले स्कुलमा १५ जना नेपालका र ३० जना बाहिरका विद्यार्थी अध्ययन गर्दै आएका छन्।
आगामी दिनमा अझ यसलाई बढाउँदै लगिने कार्यक्रम रहेको राष्ट्रिय सभाका सदस्य एवं स्कुल व्यवस्थापन समितिका अध्यक्ष बलराम बाँस्कोटाले जानकारी दिए।
" /> काठमाडौं। कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणापत्र प्रकाशन गरेको दिनलाई सम्झना गर्दै नेपालमा पनि मदन भण्डारी स्कुल अफ एशियाले ‘रेड बुक डे’ मनाएको छ।
बानेश्वरस्थित कलेजमा कार्यक्रम गरेर कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सका बारेमा छ्लफल आयोजना गरिएको स्कुलका विद्यार्थी एवं अनेरास्ववियूका केन्द्रीय सदस्य माधव पन्तले जानकारी दिए।
विश्व कम्युनिस्ट आन्दोलनको संरक्षण र विकास, समाजवादको रक्षार्थ मार्क्सवाद, लेनिनवादको वृहतर अध्ययनको लागि सा‌ंकेतिक रूपमा फेब्रुअरी २१ का दिन घोषणापत्र प्रकाशन गरिएको थियो।
नेकपाका केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको उपस्थितिमा घोषणापत्र वाचन गरेर कार्यक्रम गरिएको हो। कार्यक्रममा मदन भण्डारी स्कुल अफ एशियामा अध्ययन गर्ने विद्यार्थीलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पाण्डेले मार्क्सवाद र फ्रेडरिक एंगेल्सका बारेमा चर्चा गरेका थिए। रेड बुक डे को अवसरमा आजै त्रिभुवन विश्व विद्यालयमा समेत विद्यार्थीहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए।
कार्यक्रममा मदन भण्डारी स्कुल अफ एशियाका बलराम बाँस्कोटा, प्रमेश पोखरेल, रामशरा ढुङ्गाना लगायतले विचार राखेका थिए। करीब १७२ वर्ष अघि उक्त कम्युनिस्ट घोषणापत्र सार्वजनिक गरिएको थियो।
अहिले स्कुलमा १५ जना नेपालका र ३० जना बाहिरका विद्यार्थी अध्ययन गर्दै आएका छन्।
आगामी दिनमा अझ यसलाई बढाउँदै लगिने कार्यक्रम रहेको राष्ट्रिय सभाका सदस्य एवं स्कुल व्यवस्थापन समितिका अध्यक्ष बलराम बाँस्कोटाले जानकारी दिए।
"> नेपालमा पनि मनाइयो ‘रेड बुक डे’: Dekhapadhi
नेपालमा पनि मनाइयो ‘रेड बुक डे’
काठमाडौं। कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणापत्र प्रकाशन गरेको दिनलाई सम्झना गर्दै नेपालमा पनि मदन भण्डारी स्कुल अफ एशियाले ‘रेड बुक डे’ मनाएको छ।
बानेश्वरस्थित कलेजमा कार्यक्रम गरेर कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सका बारेमा छ्लफल आयोजना गरिएको स्कुलका विद्यार्थी एवं अनेरास्ववियूका केन्द्रीय सदस्य माधव पन्तले जानकारी दिए।
नेकपाका केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको उपस्थितिमा घोषणापत्र वाचन गरेर कार्यक्रम गरिएको हो। कार्यक्रममा मदन भण्डारी स्कुल अफ एशियामा अध्ययन गर्ने विद्यार्थीलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पाण्डेले मार्क्सवाद र फ्रेडरिक एंगेल्सका बारेमा चर्चा गरेका थिए। रेड बुक डे को अवसरमा आजै त्रिभुवन विश्व विद्यालयमा समेत विद्यार्थीहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए।
कार्यक्रममा मदन भण्डारी स्कुल अफ एशियाका बलराम बाँस्कोटा, प्रमेश पोखरेल, रामशरा ढुङ्गाना लगायतले विचार राखेका थिए। करीब १७२ वर्ष अघि उक्त कम्युनिस्ट घोषणापत्र सार्वजनिक गरिएको थियो।
अहिले स्कुलमा १५ जना नेपालका र ३० जना बाहिरका विद्यार्थी अध्ययन गर्दै आएका छन्।
आगामी दिनमा अझ यसलाई बढाउँदै लगिने कार्यक्रम रहेको राष्ट्रिय सभाका सदस्य एवं स्कुल व्यवस्थापन समितिका अध्यक्ष बलराम बाँस्कोटाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्