लोक सांस्कृतिक नृत्यको उपाधि अर्किडलाई

काठमाडौं। नवौं फिजम लोक सांस्कृतिक नृत्य प्रतियोगिताको उपाधि अर्किडले जितेको छ।

संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च (फिजम)द्वारा आयोजित प्रतियोगितामा अर्किड लगातार तेश्रो पटक विजेता बनेको हो।

प्रतियोगितामा बेस्ट ग्रुप भिजन द्वितीय र मोनास्टिक तृतीय भए।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भएको प्रतियोगितामा २७ विद्यालयको सहभागिता थियो।

विजेताहरूलाई नाट्य संगीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति नारायणभक्त श्रेष्ठ, फिजमका अध्यक्ष आरबी कट्वाललगायतले पुरस्कृत गरे।

प्रतिक्रिया दिनुहोस्