टेनिस टोली इन्डोनेसिया प्रस्थान <p>काठमाडौं। आईटीएफ जुनियर डेविस कप तथा फेड कपमा सहभागी हुन ६ सदस्यीय नेपाली लन टेनिस टोली आज इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ।</p> <p>२२&ndash;२९ फेब्रुअरीसम्म हुने प्रतियोगितामा तीन महिला र तीन पुरुष खेलाडीले नेपालको चुनौती पेश गर्नेछन्।</p> <p>पुरुषतर्फ निहालजंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायश्थ छन्। महिलातर्फ रायना शाह, इशाश्री शाह र सिरिष्ता राई छन्।</p> <p>नेपाली टीमको प्रशिक्षण कृष्णराज घलेले गर्नेछन्। घले आईटीएफ वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपका लागि जकार्ता छन्।</p>
प्रतिक्रिया दिनुहोस्