मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
<p style="text-align:justify">काठमाडौं। पश्चिमी वायुको प्रभावले आज देशभरको मौसममा बदलाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा वर्षाको सम्भावना छ। </p>
<p style="text-align:justify">पश्चिमी भेगका धेरैजसो स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।</p>
<p style="text-align:justify">त्यस्तै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ।रासस</p>