परासी। छ महिनादेखि भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार गरिएको छ।
पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट गएराति खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो ।
पश्चिम नवलपरासीका डीएसपी वीरेन्द्र थापाले अभिभावकको उजुरीपश्चात खोजी गरी उनीहरूलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको र घटनाको अनुसन्धान भइरहेको बताए।
“युवती लैजाने राई थरकी महिला र अन्य संलग्नहरुको खोजी भइरहेको छ”, उनले भने।
उद्धार गरिएका युवती नवलपरासीको बर्दघाटका एकै घरका दिदीबहिनी हुन्।
एक महिलाले पसलमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारी भारत लगेको तर त्यहाँ कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिने, अर्केष्ट्रा (बाजा बजाउने समूह) मा नाच्न लगाउने र घरमा आउनसमेत नदिएपछि उनीहरुले घरमा खबर गरेका थिए। रासस
" /> परासी। छ महिनादेखि भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार गरिएको छ।पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट गएराति खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

">