काठमाडौं। विदेशी नागरिक नेपालमा बसेर राहदानी र भिसा दुरुपयोग गरेको पाइए पाँच लाख रूपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद सजाय गर्न प्रस्ताव गरिएको छ।
गृहमन्त्री रामबहादुर थापाले संघीय संसद् सचिवालयमा ८ फागुनमा दर्ता गरेको ‘अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ मा उक्त सजायको व्यवस्था गरिएको हो।
राहदानी दुरुपयोग, केरमेट वा अनधिकृत प्रयोग गर्ने तथा झुटा विवरण देखाएर नेपाली भिसा लिने विदेशीलाई पाँच वर्षसम्म कैद वा वा पाँच लाख रूपैयाँसम्म सजाय हुने व्यवस्था विधेयकमा छ।
त्यस्तो कसुरमाथि जिल्ला अदालतले टुंगो लगाउने प्रस्ताव गरिएको छ।
आजको कान्तिपुर दैनिकका अनुसार विदेशी राहदानी वा नेपाली भिसा सच्याउन र नक्कली राहदानी तथा नक्कली भिसा प्रयोग गर्न सघाउनेलाई दुई वर्ष छ महीना कैद र दुई लाख ५० हजार रूपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले २७ वर्षअघि बनेको कानूनलाई समयसापेक्ष बनाउन र परिवर्तित सन्दर्भअनुरूप मिलाउन विधेयकमा थुप्रै प्रावधान थपघट गरिएको बताए।
" /> काठमाडौं। विदेशी नागरिक नेपालमा बसेर राहदानी र भिसा दुरुपयोग गरेको पाइए पाँच लाख रूपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद सजाय गर्न प्रस्ताव गरिएको छ।गृहमन्त्री रामबहादुर थापाले संघीय संसद् सचिवालयमा ८ फागुनमा दर्ता गरेको ‘अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ मा उक्त सजायको व्यवस्था गरिएको हो।

">