काठमाडौं। नेपाली सेनाले पहिलोपटक प्रकाशित गरेको युनिटी जर्नलको पहिलो संस्करण विमोचन गरिएको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज उक्त जर्नल विमोचन गरेका हुन्।
महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसरमा सेनाले पहिलोपटक उक्त पुस्तक प्रकाशित गरेको हो।
विमोचन कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले राष्ट्रिय हित र स्वार्थहरूको सुरक्षाका लागि उपयुक्त रणनीति तयार गर्न अनुसन्धान र प्रकाशनहरूको महत्वपूर्ण भूमिका रहेको बताए।
सेनाले संवैधानिक जिम्मेवारीहरू वहन गर्ने क्रममा राष्ट्रिय सुरक्षा र एकताका विषयहरूमा आम नागरिक र विषय विज्ञहरूबाट अनुसन्धानात्मक लेख रचनाहरूको संगालो प्रकाशन थालेकोमा उपप्रधानमन्त्रीले धन्यवाद व्यक्त गरे।
सोही कार्यक्रममा बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय एकताको महत्व स्थापित गर्न युनिटी जर्नल कोशेढुङ्गा सावित हुने बताए। उनले जर्नल रणनैतिक र सामरिक विषयमा चासो राख्ने सर्वसाधारणदेखि विद्यार्थी तथा विज्ञ पाठकहरूलाईसमेत उपयोगी हुने विश्वास व्यक्त गरे।
विभिन्न व्यक्तिबाट प्राप्त भएका ९७ वटा लेख रचनाहरूमध्ये ३२ वटा समावेश गरेर प्रकाशित गरिएको छ। उक्त जर्नलमा बिहारी कृष्ण श्रेष्ठ प्रथम, पशुपति नेपाल द्वितिय र गेजा शर्मा तृतीय भएका छन्।
उनीहरूलाई रक्षामन्त्री पोखरेलले क्रमशः नगद दुई लाख, एक लाख र पचास हजार रूपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
अन्य २९ वटा लेख तथा रचनाहरूलाई प्रधानसेनापति थापाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
" /> काठमाडौं। नेपाली सेनाले पहिलोपटक प्रकाशित गरेको युनिटी जर्नलको पहिलो संस्करण विमोचन गरिएको छ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज उक्त जर्नल विमोचन गरेका हुन्।

">