काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि, ९ फागुनमा स्वीजरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन्।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३औं उच्चस्तरीय सभामा भाग लिन ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा प्रस्थान गर्न लागेका हुन्।
२४ फेब्रुअरीमा शुरू हुने सभालाई मन्त्री ज्ञवालीले २५ फेब्रुअरीमा सम्बोधन गर्ने कार्यक्रम छ।
मन्त्री ज्ञवालीको सम्मानमा त्यहाँस्थित राजदूत मणिप्रसाद भट्टराईले आयोजना गर्ने कार्यक्रममा कूटनीतिक समुदायका प्रतिनिधिहरूसँग पनि ज्ञवालीले छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तसँग पनि छलफल गर्नेछन्।
उनले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय बैठकसमेत गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिष्द, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूसमेत सहभागी हुनेछन्।
मन्त्री ज्ञवाली २८ फेब्रुअरीमा स्वेदश फर्किने कार्यक्रम रहेको छ।
" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि, ९ फागुनमा स्वीजरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन्।संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३औं उच्चस्तरीय सभामा भाग लिन ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा प्रस्थान गर्न लागेका हुन्।

">