जनप्रतिनिधिलाई ‘रूलिङ पोजिसन’मा पुर्‍याएकाे लुट्नका लागि होइनः प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा थोरै मात्रै प्रश्न उठेमा पनि कसैको अनुहार नहेरी कारबाही गर्ने बताएका छन्।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन गर्दै प्रधामन्त्रीले सुशासनका लागि चाल्ने कदममा आफु नहिचकिचाउने बताएका हुन।
“सुशासनका निम्ति चाल्नुपर्ने कदममा म हिचकिचाउँदिन” प्रधानमन्त्रीले भने, “अप्ठ्यारा त आउँछन्, अवश्य आउँछन्, कठिनाइ अवश्य आउँछन्। कहिले कहिले मान्छेहरूले भन्ने गर्छन् तेरो प्रधानमन्त्री पद धरापमा पर्छ है यहिँ चालले, मलाई त्यसको चिन्ता छैन।”
एकै व्यक्ति वा पार्टीले हजारौ वर्ष शासन गर्न नसक्ने भन्दै प्रधानमन्त्रीले भने, “कसैले लामो समय शासन गर्न खोज्यो भने त्यसको परिणाम पनि राम्रो हुँदैन।”
प्रतिक्रिया दिनुहोस्