"> आईजीपी ज्ञवालीलाई नक्सालमै पुगेर बधाई दिए सशस्त्रका आईजीपीले: Dekhapadhi
आईजीपी ज्ञवालीलाई नक्सालमै पुगेर बधाई दिए सशस्त्रका आईजीपीले
काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले आज नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगेर बधाई दिएका छन्।

प्रहरी प्रधान कार्यालयले आईजीपी खनाललगायत सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूले बधाई र शुभकामना दिएको जनाएको छ।

“भेटघाटका अवसरमा उहाँहरूबीच शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने लगायतका विषयमा सुरक्षा निकायहरुबीच ऐक्यवद्ध भई अगाडि बढ्ने लगायतका विषयमा छलफल भएको थियो”, प्रहरी मुख्यालयले भनेको छ, “नेपाल सरकारको नीति अनुरूप तोकिएको जिम्मेवारी बहन गर्ने क्रममा आपसी सहयोग, सद्भाव र भाइचारा अभिवृद्धि गरी राष्ट्रिय हितका लागि समर्पित भई काम गर्ने प्रतिबद्धता उहाँहरूले व्यक्त गर्नुभयो।”

प्रतिक्रिया दिनुहोस्