कैलाली। नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौंथो संस्करणको तयारी पूरा भएको छ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भोलिदेखि आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
क्लबका अध्यक्ष सुरेश हमालका अनुसार प्रतियोगिताको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नेछन्।
प्रतियोगिताको पूर्वसन्ध्यामा ट्राफिक चौराहबाट र्याली समेत निकालिने उनले बताए।
यसअघि नै सार्वजनिक गरिएको खेलतालिका अनुसार उद्घाटन खेलमा भोलि, ९ फागुनमा बाग्मती क्लब सर्लाही र कञ्चनजंघा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेतालाई २१ लाख १ रूपैयाँ तथा उपविजेतालाई १० लाख १ रूपैयाँ ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष हमालले बताए।
प्रतियोगिता २० फागुनसम्म सञ्चालन हुने छ।