"> बाँस्कोटाको राजीनामापछि सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई : Dekhapadhi
बाँस्कोटाको राजीनामापछि सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ।

कमिसन ‘डिल गरेको’ आरोप लागेपछि बाँस्कोटाले आजै राजीनामा दिएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालयको समेत जिम्मेवारी तोकेकी हुन्।

राष्ट्रिय सभाका सदस्य रहेका खतिवडाको कार्यकाल २० फागुनमा सकिंदैछ। संविधान अनुसार थप ६ महीना मन्त्री हुन पाउने व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीको जिम्मेवारी थप गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यसैगरी, बाँस्कोटाले सम्हालिरहेको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्