काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिँदैमा कारबाहीबाट उन्मुक्ति नदिन चेतावनी दिएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले ‘विष्णु पौडेलका छोराले बालुवाटारको जग्गा फिर्ता गरेपछि कारबाहीबाट जोगिए’जस्तै बाँस्कोटाले राजीनामा दिँदैमा उन्मुक्ति दिन नमिल्ने बताएकी हुन्।
भुसालले बहालवाला मन्त्रीले कमिसनको ‘बार्गेनिङ’ गर्नु निकै दुखद् रहेको भन्दै यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताइन्।
“प्रधानमन्त्रीले म आफूपनि भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्नेको मुख पनि हेर्दिनँ भनेर उद्घोष गर्नुभएको थियो। तर, आज क्याबिनेटकै सदस्य सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रूपैयाँ कमिसन मागेको विषयले राष्ट्रिय राजनीति तरंगित भएको छ”, भुसालले भनिन्, “यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। क्याबिनेटका एउटा मन्त्रीलाई बर्खास्त गरेर मात्र यो विषयले विश्राम लिँदैन। यस विषयमा प्रधानमन्त्रीले सदनमा जानकारी दिनुपर्छ।”
उनले प्रधानमन्त्रीले तटस्थ छानबिन गरी कानूनी दायरामा ल्याएर कारबाही गर्छु भनेर प्रतिवद्धता जनाउनुपर्ने समेत माग गरिन्। “सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएर मात्र पुग्दैन, भ्रष्टाचारको कानूनी दायरामा ल्याएर कारबाही हुनुपर्छ”, उनले भनिन्।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरू गर्नेबित्तिकै कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख सापकोटाले कांग्रेस सचेतक भुसाललाई बोल्न समय दिएका थिए।
कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक १३ फागुन दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरोध गरेको थियो।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद सम्बन्धमा कमिसनमा मोलमोलाई गरेको अडिओ सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिइसकेका छन्।
पढ्नुहोस्
अडिओ प्रकरणबारे छानबिनको माग गर्दै बालुवाटारमा साझाको प्रदर्शन
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा
कांग्रेसले भन्यो- 'सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर'
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिँदैमा कारबाहीबाट उन्मुक्ति नदिन चेतावनी दिएको छ।प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले ‘विष्णु पौडेलका छोराले बालुवाटारको जग्गा फिर्ता गरेपछि कारबाहीबाट जोगिए’जस्तै बाँस्कोटाले राजीनामा दिँदैमा उन्मुक्ति दिन नमिल्ने बताएकी हुन्।

">