सेनाले प्रतिरक्षा मामिलामा पिएचडी गर्ने दुई जनालाई छात्रवृति दिने
<p>काठमाडौं। नेपाली सेनाले प्रतिरक्षा सम्बन्धी विषयमा विद्यावारिधी (पीएचडी) गर्न चाहने दुई जना व्यक्तिलाई वर्षेनी छात्रवृति उपलब्ध गराउने भएको छ।</p>
<p>आज जंगीअड्डामा आयोजित ‘युनिटी जर्नल’ विमोचन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले यस्तो घोषणा गरेका हुन्। </p>
<p>“२०७८ सालदेखि हामी प्रतिरक्षा मामिलामा पिएचडी गर्ने एकजना सैनिक र एकजना गैरसैनिक व्यक्तिलाई हरेक वर्ष छात्रवृति उपलब्ध गराउनेछौं”, थापाले भने, “नेपाली सेनाको मुलभूत जिम्मेवारीबारे गहन अध्ययन र अनुसन्धान होस् भन्ने यसको उद्धेश्य हो।”</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
