सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन्।

प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री पदबाट बाँस्कोटाले राजीनामा दिइसकेको जानकारी दिएका हुन्।

सञ्चारमन्त्री बाँस्काेटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद सम्बन्धमा कमिसनमा माेलमाेलाइ गरेकाे अडिओ बाहिरिएसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उनलाई बर्खास्त गर्न माग गर्दै सदन चल्न नदिने बताएपछि सभामुख सापकाेटाले राजीनामा दिइसकेकाे सदनलाई जानकारी गराएका हुन्।

"सम्बन्धित मन्त्रीले राजीनामा दिइसकेकाे अनाैपचारिक जानकारी आइसकेकाे छ," उठेर विराेध जनाइरहेका कांग्रेसका सांसदहरूलाई सम्बाेधन गर्दै उनले भने, "माननीय सदस्यहरु औपचारिक जानकारी पनि आउँदै हाेला। अब सदनकाे कारबाही अगाडी बढाऔं।"

तर, सभामुखकाे यस्ताे आग्रहपछि पनि कांग्रेसका सांसदले विराेध जारी राखेपछि सभामुख सापकाेटाले १३ फागुनसम्मलाई प्रतिनिधि सभा बैठक स्थगित गरे।

पढ्नुहाेस्

सञ्चारमन्त्री बाँस्कोटाको ‘अडिओ’ बाहिरिएपछि संसद बैठक अनिश्चित, सभामुखद्वारा सचेतकहरूसँग छलफल

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग

सञ्चारमन्त्री बाँस्कोटाको बर्खास्ती माग्दै साझा पार्टीले प्रदर्शन गर्ने

राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा

कांग्रेसले भन्यो- 'सञ्‍चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर'

प्रतिक्रिया दिनुहोस्