भोजपुर। पुग्नै पर्ने पर्यटकीय गन्तब्यमा गत वर्ष सरकारी सूचीमा परेको मुन्धुम पदमार्ग क्षेत्रको प्रचारप्रसारको लागि आउँदो २९ चैतमा ‘टेम्केमैयुङ मुन्धुम अल्ट्रा ट्रेल रेस २०२०’ हुने भएको छ।
चौथो पटक आयोजना गर्न लागिएको मुन्धुम अल्ट्रा ट्रेल रेसले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई प्रवर्द्धन गर्ने आयोजक संस्था रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ्ग राईले बताए।
प्रतियोगिताबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।
एकेडेमीका सचिव संग्राम राईका अनुसार ३६ किलोमिटरको ट्रेल रेस टेम्केमैयुङ गाउँपालिका–१, तिम्मा सुम्लीखा स्ूुलदेखि गाउँपालिका–९ लेखर्क पाँचधारेसम्म गरिने छ।
प्रतिस्पर्धामा प्रथम, दोस्रो, र तेस्रो हुने महिला तथा पुरुष धावकले क्रमशः २५ हजार, २० हजार, १५ हजार र ट्रफि तथा मेडल पाउने छन्।
चौथो हुनेले १० हजार नगद पाउने छन्।
त्यस्तै, ४० वर्ष माथी प्रथम, दोस्रो र तेस्रो हुनेलाई पनि नगद र मेडलको व्यवस्था गरिएको छ।
टीमतर्फ भने प्रथम, दोस्रो र तेस्रो हुनेले १० हजार, आठ हजार र पाँच हजारको साथमा ट्रफि पाउने छन्।
विगतका प्रतिष्पर्धामा सहभागी धावकहरूले पूर्वी पहाडको नयाँ पदमार्गमा दौडँदा त्यस क्षेत्रको भौगोलिक तथा प्राकृतिक सौन्दर्यका कारण उत्साह थपिएको बताएका थिए।
" /> भोजपुर। पुग्नै पर्ने पर्यटकीय गन्तब्यमा गत वर्ष सरकारी सूचीमा परेको मुन्धुम पदमार्ग क्षेत्रको प्रचारप्रसारको लागि आउँदो २९ चैतमा ‘टेम्केमैयुङ मुन्धुम अल्ट्रा ट्रेल रेस २०२०’ हुने भएको छ।चौथो पटक आयोजना गर्न लागिएको मुन्धुम अल्ट्रा ट्रेल रेसले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई प्रवर्द्धन गर्ने आयोजक संस्था रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ्ग राईले बताए।

">