चितवन। माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका-१ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलसहितले आफ्नै वडा कार्यालयअघि आमरण अनशन शुरू गरेका छन् ।
वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै ७ फागुन साँझबाट वडा कार्यालय अगाडि वडाअध्यक्षको नेतृत्वमा अनशन थालिएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) २०७६ पुनः संशोधन हुनुपर्ने, बाँदरझुला र अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव- वन्यजन्तु द्वन्द्व निवारण गर्न वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने , उत्तरी सिमानामा पर्ने रीउ खोला कोरडोरको निर्माण व्यवस्थित गरिनुपर्ने उनीहरूको माग छ।
उनीहरूको मागमा लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको हबका रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने रहेका छन्।
अनशनको नाम ‘माडीवासी जनताको तर्फबाट आमरण अनशन’ दिइएको छ।
नगरपालिका प्रमुख ठाकुर ढकालले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग माडीको समस्याको बारेमा छलफल गर्न आफू काठमाडौं जाने तयारीमा रहेको जानकारी दिए। रासस
" /> चितवन। माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका-१ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलसहितले आफ्नै वडा कार्यालयअघि आमरण अनशन शुरू गरेका छन् ।वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै ७ फागुन साँझबाट वडा कार्यालय अगाडि वडाअध्यक्षको नेतृत्वमा अनशन थालिएको हो।

">