बाँके। प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैटौं संस्करण १८ फागुनदेखि हुने भएको छ। २२ फागुनसम्म हुने प्रतियोगिता नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा हुनेछ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र मालदिभ्सका शीर्ष क्लबहरूलाई सहभागिताको लागि आमन्त्रण गरिएको बाँके जिल्ला भलिबल संघले जनाएको छ।
प्रतियोगिताका विजेतालाई दुई लाख रूपैयाँ, उपविजेतालाई एक लाख र तृतीय स्थान हासिल गर्नेलाई ५० हजार रूपैयाँ पुरस्कार दिइने भलिबल संघका अध्यक्ष टीएस ठकुरीले बताए।
आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश सांसद कृष्णा केसीले प्रधानमन्त्री कपलाई छैटौं संस्करणदेखि प्रदेश सरकारले अपनत्व लिन लागेको जानकारी दिइन्। सांसद केसी मूल आयोजक समिति संयोजकसमेत हुन्।
यस्तै नेपाल भलिबल संघका केन्द्रीय सचिव भीम ओलीले प्रधानमन्त्री कपलाई केन्द्रले पनि उच्च प्राथमिकतामा राखेको बताए। “यसको स्तरोन्नतिसँगै एशियाली भलिबल महासंघको क्यालेन्डरमा समावेश गर्न संघले पहल गरिरहेको छ”, उनले भने।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ क्लब, तेस्रो र चौथोमा भारतीय रेलवे टीम तथा पाँचौंमा एपीएफ क्लब च्याम्पियन बनेका थिए।
प्रधानमन्त्री कपको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ।
" /> बाँके। प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैटौं संस्करण १८ फागुनदेखि हुने भएको छ। २२ फागुनसम्म हुने प्रतियोगिता नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा हुनेछ।प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र मालदिभ्सका शीर्ष क्लबहरूलाई सहभागिताको लागि आमन्त्रण गरिएको बाँके जिल्ला भलिबल संघले जनाएको छ।

">