काठमाडौं। पर्सि, ९ फागुनदेखि दुई चलचित्र प्रदर्शनमा आउँदै छन्। सामाजिक विषयवस्तुमा बनेको चलचित्र ‘आमा’ र राजनीतिक विषयवस्तुमा आधारित चलचित्र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आउन लागेका हुन्।
त्यसको लागि खुला गरिएको टिकट बुकिङअनुसार मल्टिप्लेक्स हलको सबभन्दा ठूलो चेन क्युएफएक्समा ‘सेन्टी भाइरस’ले बढी ‘शोज’ पाएको छ।
धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’ ले क्यूएफएक्समा ५० शोज पाएको छ भने दीपेन्द्र के. खनालको निर्देशनमा बनेको ‘आमा’ ले २२ शोज पाएको छ।
सेन्टी भाइरसले क्यूएफएक्स विराटनगरमा पाँच शोज पाएको छ। बुटवलमा पाँच शोज, सिनेप्लेक्समा पाँच शोज, सिभिल मलमा पाँच शोज, जलमामा पाँच शोज, भक्तपुरमा चार शोज, छायाँ सेन्टरमा चार शोज, कुमारीमा चार शोज, लबिममा चार शोज, वान स्टपमा चार शोज, बागेश्वरीमा तीन शोज र जय नेपालमा दुई गरी ५० शोज पाएको छ।
'आमा'ले क्यूएफएक्स सिभिल मलमा चार शोज, भक्तपुरमा तीन शोज, कुमारीमा तीन शोज, लबिममा तीन शोज, छायाँ सेन्टरमा दुई शोज, नेपालगञ्जमा एक शो, विराटनगरमा एक शो, बुटवलमा एक शो, सिनेप्लेक्समा एक शो, जय नेपालमा एक शो, जलमामा एक शो, वान स्टपमा एक शो गरी २२ शोज पाएको छ।
त्यस्तै, सेन्टी भाइरसले एफ्क्यूबमा पाँच शोज पाएको छ भने आमाले चार शोज पाएको छ।
मिथिला शर्माको मुख्य भूमिका रहेको आमामा नायिका सुरक्षा पन्त छोरीको भूमिकामा छिन्।
रामबाबु गुरुङले निर्देशन गरेको सेन्टी भाइरसमा सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, दिपक आचार्य, राजाराम पौडेल लगायतको अभिनय छ।
सेन्टी भाइरसले प्रदर्शनमा आउनु भन्दा दुई दिन अघि मात्रै आफ्नो गीत सार्वजनिक गरेको छ। सुबिहानी फिल्मस्को प्रस्तुति रहेको सेन्टी भाइरसको ‘ए नि लै’ बोलको गीत सार्वजनिक भएको हो।
सेन्टी भाइरसबाट उठेको रकममध्ये ५० प्रतिशत निर्मार्णाधीन भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानलाई सहयोग गरिनेछ।
" /> काठमाडौं। पर्सि, ९ फागुनदेखि दुई चलचित्र प्रदर्शनमा आउँदै छन्। सामाजिक विषयवस्तुमा बनेको चलचित्र ‘आमा’ र राजनीतिक विषयवस्तुमा आधारित चलचित्र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आउन लागेका हुन्।त्यसको लागि खुला गरिएको टिकट बुकिङअनुसार मल्टिप्लेक्स हलको सबभन्दा ठूलो चेन क्युएफएक्समा ‘सेन्टी भाइरस’ले बढी ‘शोज’ पाएको छ।

">