शहीद स्मारक 'बी' डिभिजन लिग ११ फागुनदेखि
काठमाडाैं। शहीद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता ११ फागुनबाट शुरू हुँदैछ।

प्रतियोगिताकाे पहिलाे खेल ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ। २३ चैतसम्म सञ्चालन हुने प्रतियाेगितामा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन्। जसमा एक टोली ए डिभिजनमा बढुवा हुनेछ भने एक टोली सी डिभिजनमा घटुवा हुनेछ।

लिगमा श्रीकुमारी, ब्वाइज युनियन, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ क्लब, मध्यपुर युथ एशोसियशन, पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्